अनलाइन पत्रकारितामा विश्वसनीयतको संकट
विश्वमा कान्छो र सशक्त सञ्चारमाध्यमको रुपमा स्थापित अनलाइन पत्रकारिता सन् १९९३ मा अमेरिकाको क्यारोलिना राज्यबाट नान्दो डटनेटले पहिलोपटक समाचारमुलक इन्टरनेटको सुरुवात गरेको हो । इन्टरनेट सूचना आदानप्रदानको सबैभन्दा सजिलो र छिटो माध्यम हो । यदि इन्टरनेटको पहुँच छ भने आूफुले चाहेको समयमा आफ्नै रोजाईका विविध विषयवस्तु अनलाइनमा पढ्न हेर्न र सुन्न सकिन्छ ।
नेपाल न्यूज डट कम ले वि।सं। २०५६ सालबाट व्यवसायिक रुपमा अनलाइन पत्रकारिता सुरु गरेपछि नेपालमा अनलाइनलाई पत्रकारिताको सुरुवात भएको हो । अनलाइन पत्रिकाले पाठकको रुची, चाहाना र समय अनुसार शिक्षामुलक, समाचारमुलक र मनोरजनात्मक सामाग्रीहरु पस्किए पनि कतिपय अवस्थामा यसको गलत रुपमा प्रयोग भैरहेको छ । सस्तो लोकप्रियताको लागि सनसनीपूर्ण समाचार शीर्षक र प्रयोग गरिएका तस्बिर यसका उदाहरण हुन् ।
अनलाइनले लोकप्रियताकै लागि सनसनिपूर्ण हेडलाईन र फोटोहरु प्रयोग गरेर पत्रकारिताकै विश्वसनीयतामाथि प्रश्न उठ्ने ठाउँसमेत राखेका छन् । पत्रकार आचारसंहीता २०६० मा भनिएको छ, ‘बीभत्स दृश्य र तस्बिर प्रकाशन/प्रसारण गर्न नहुने’ तर केहि ठूला वाहेक अधिकांस अनलाइन पत्रपत्रिकाले यसलाई पूर्ण रुपमा पालना गरिएको पाईंदैन।’ यसको अनुगमनको जिम्मेवारी पाएको निकायले प्रभावाकारी भूमिका निर्वाह नगर्दा अनलाइन पत्रकारितामा विकृति भित्रिएको छ ।
अहिले अनलाइन पत्रकारिताले समाजमा आफ्नो प्रभाव छोड्न सफल भएको जसरी छोटो समयमा अनलाइन पत्रिकाले लोकप्रियता कमाएको छ । त्यसैगरी आम पाठकको विश्वास जित्न भने सकेको छैन । व्यवसायिकरुपमा खुलेका अनलाइन पत्रिका बाहेक,लहडमा खुलेका अधिकाशंले पत्रकार आचारसंहीता पालना गरिएको पाईंदैन । आर्थिक समस्या, दक्ष जनशक्तीको अभाव, राजनितिक दलप्रतिको झुकाव र व्यवस्थित राष्ट्रिय राष्ट्रिय विज्ञापन नीतिको कारण पनि अनलाइन पत्रकारिताको विश्वसनीयतामाथि प्रश्नचिन्ह उठेको हो ।
अर्कोतर्फ,अनलाइन पत्रकारितामा ‘कपी–पेस्ट’ गर्नै प्रवृत्ति मौलाउँदा छ । पत्रकारहरु अल्छि बन्दै गएका छन् । समाचार संकलनको लागि फिल्डमा जानुको सट्टा अन्य सञ्चारमाध्यममा प्रकाशित समाचारलाई तोडफोड गरी समाचार प्रकाशित गर्ने परिपाटी समेत बढेको छ । पर्याप्त जनशक्तीको अभाव, आर्थिक दुरावस्था र अस्वस्थ प्रतिस्पर्धाको कारण पनि यस्ता समस्या अनलाइन पत्रकारिमा देखा परेको छ । यस्ता प्रवृत्तिले समाचारीय मूल्यमान्यतालाई आत्मसाथ गर्न नसकेको देखिएको छ ।
पछिल्लो समय बढ्दै गएको फेसबुके पत्रकारिताले पनि आमपाठकमा अनलाइन पत्रकारिताप्रति द्विबिधा उत्पन्न गराएको हो । व्यक्तिगत प्रयोजनको लागि खोलिएका पोर्टलमा समाचार जस्तैगरी विभिन्न बिषयहरु प्रकाशित गरेका कारण पाठकले गलत सूचना ग्रहण गर्ने गरेका छन् ।
अधिकांस अनलाइन पत्रिकाको मालिक राजनीतिक दलका नेता तथा कार्यकर्ता छन् । घरजग्गा किनबेच गर्ने ब्रोकर, व्यापारी र गुण्डागर्दिमा संलग्न मानिसले पत्रपत्रिकामा लगानि गरेकै भरमा आफूलाई समाजमा पत्रकारको हैसियतको रुपमा चिनाउदै आएको देखिन्छ । दक्ष जनशक्तीबिना र राजनितिक दलका कार्यकर्ताकै भरमा खुलेका अनलाइन पत्रपत्रिकाको कारण अनलाइन पत्रकारिताको विश्वस्नियता र भविष्यमाथि नै प्रश्नचिन्ह उठेको छ । यो पत्रकारितामा भित्रिएको विकृति हो । यसको अन्त्य गरेर सत्य,तथ्य र विश्वसनीय पत्रकारिता गर्नु आवश्यक छ ।
Comments
अरु समाचार
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...
-
रूसी दार्शनिक अलेक्जेन्डर दुगिनको सभ्यतागत दृष्टिकोण
रुस सुरूदेखि पश्चिमसँग सभ्यताको युद्धमा छ। जुन युद्धलाई प्रभावकारीरूपमा सामना गर्नका लागि यी योजनाहरूको पदानुक्रमलाई ध्यानमा राख्न आवश्यक छ ।...
-
सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?
काठमाडौं । असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको...
-
नेपालमा जनसङ्ख्या – ‘पोलिसी डिपार्चर’ को उपयुक्त समय (विचार)
काठमाडौं । एसियाका अन्य देशमा जस्तै नेपालमा पनि जनसङ्ख्या वृद्धि मुख्य समस्याका रुपमा रहेको लामो समय प्रचार गरियो । देशको...
-
ज्येष्ठ नागरिक समाजका जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको...
-
नेपाल र रसिया बीचको सहकार्य ‘विकास र समृद्धिको आधार’
नेपाल दुई ठूला उदयीमान विश्वशक्ति चीन र भारतका बीचमा रहेको भू-रणनीतिक हिसाबले अति संवेदनशील देश हो। भारत र चीन बीचको...
-
साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती
काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा...
-
१६ औँ योजनाः लक्ष्यमै केन्द्रित दिगो विकास
काठमाडौं । मन्त्रिपरिषदको बैठकले १६ औँ पञ्चवर्षिय आवधिक योजनाको अवधारणापत्र स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पहिचान...
-
नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र: सुरक्षाविद् थापा
काठमाडौं । सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताएका छन् । उनले विश्वका ठूला आणविक...