अनिकालको सजिञ्वनी सखरखण्ड
काठमाडाैं, १ जेठ। सिन्धुलीको सुनकोशी गडतिर भेगमा सखरखण्ड (स्विट पोटाटो) खेती लोकप्रिय हुँदै गएको छ ।
‘कन्दमूल खाऔँ स्वस्थ्य बनौँ’ अभियान नै सञ्चालन गरेर उक्त क्षेत्रका किसानले नगदे बालीका रुपमा सखरखण्ड खेतीलाई विस्तार गरिरहेका कृषक टेकबहादुर थापाले बताए ।
पौष्टिकताले भरिपूर्ण कन्दमूलको कोटीमा सूचीकृत सखरखण्डलाई अनिकालको सञ्जिवनीका रुपमा समेत लिने गरिन्छ । सिन्धुलीको गोलन्जोर र फिकल गाउँपालिमा करिब ४०० कृषकले अहिले व्यावसायिक रुपमा सखरखण्ड खेती शुरु गरेका छन् ।
अरु बालीको तुलनामा थोरै खर्च र कम परिश्रमबाट मनग्य आम्दानी लिन सकिने भएकाले सखरखण्डप्रति किसानको आकर्षण बढेको हो । सो क्षेत्रमा लोकप्रिय भएको सुन्तले रङको गुदी भएको सखरखण्डको उत्पादन प्रतिहेक्टर २० देखि ४० टनसम्म हुने थापा बताए ।
नदीको किनार वा बलौटे माटोमा यसको बढी उत्पादन हुने राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका पूर्व संयोजक बुद्धिप्रकाश शर्माले बताए। उच्च पहाडी कृषि सहकारी संस्थाले गोलन्जोर र फिकल गाउँपालिकाका किसानलाई निःशुल्क रुपमा लहरा (बीउ) वितरण गर्दै आएको छ ।
मुलुकका सबै भागमा सखरखण्डको उत्पादन हुने भए पनि पूर्व, मध्य र पश्चिमका पहाडी तथा तराईका जिल्लाका किसानले भने यसको फाट्टफुट्ट रुपमा व्यावसायिक खेती गर्दै आएका छन् । यसको उत्पादन पाखा पखेरा, कान्ला र ढडियानमा समेत हुने गर्छ ।
एउटा लहराबाट २०० देखि ५०० ग्रामसम्म सखरखण्ड उत्पादन हुने कृषक थापाको भनाइ छ । लहरा रोपेको तीनदेखि चार महिनादेखि नै उत्पादन हुने सखरखण्डको फल र लहरा दुवैबाट आम्दानी लिन सकिन्छ । त्यहाँबाट उत्पादन भएको सखरखण्ड काठमाडौँलगायत मुलुकका विभिन्न बजारमा प्रतिकिलो रु ३० देखि रु २०० सम्ममा बिक्री हुने गरेको छ । सखरखण्डका लहरा (बीउ) जेठदेखि साउनसम्म लगाउने गरिन्छ भने उत्पादन कात्तिकदेखि माघसम्म हुन्छ ।
धार्मिक दृष्टिकोणबाट चोखो फलका रुपमा लिइने सखरखण्डलाई सबै उमेर समूहले उसिनेर, पोलेर तथा काँचै पनि सलाद बनाएर खाने गरेका छन् । स्थानीय जातको सखरखण्डको गुदी सेतो हुन्छ । गुदी पहेँलो हुने सखरखण्ड उन्नत जातको भएको डा शर्माले बताए ।
हरिबोधनी एकादशी, मंसिरपूर्णिमा र माघे सङ्क्रान्तिका अवसरमा लाग्ने मेला र हाटबजारमा सखरखण्डको धेरै बिक्री वितरण हुँदै आएको छ । पछिल्लो समय अमेरिकी सहयोग नियोग (युएसआइडी)ले ४० जिल्लाका किसानलाई पोषणको राम्रो स्रोतका रुपमा रहेको सखरखण्ड (स्विट पोटाटो) खेतीका लागि कृषकलाई प्राविधिक सहयोग गर्दैआएको छ । देशभर स्थानीय २५ र नयाँ उन्नत ३० जातका सखरखण्ड किसानले लगाउँदैआएका छन् ।
शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सहयोगसमेत पु¥याउने सखरखण्ड खानाले हाड, दाँत, नसा र छालामा लाभ पुर्याउने विज्ञहरु भन्छन् । जाडो महिनामा सखरखण्ड खानाले शरीरलाई न्यानो बनाउँछ । गरीबको खाद्यान्नका रुपमा परिचित सखरखण्ड चीनलगायत विश्वका विकसित मुलुकका तारे होटलमा महत्वपूर्ण परिकारका रुपमा राख्ने गरेको पाइन्छ ।
पछिल्लो समय सखरखण्डको पाउरोटी र हलुवासमेत लोकप्रिय बन्दै गएको छ भने मुन्टालाई गुणकारी हरियो सागका रुपमा लिने गरिन्छ । निकै स्वादिलो कन्दमूलका रुपमा रहेको सखरखण्ड पहाडी तथा तराई भेगका किसानको छाक टार्ने खाद्यान्न बन्दै आएकोछ । तराईमा सखरखण्डलाई अलुवाको नामबाट चिनिन्छ । पश्चिम पाल्पा र दाङमा गन्जी, पूर्वी पाल्पामा सुठेनी तथा पश्चिममा यसलाई सकलगञ्ज समेत भनिन्छ ।
सखरखण्डको व्यावसायिक खेतीलाई विस्तार गर्न सकेको खण्डमा किसानको जीवनस्तर उकास्न तथा मुलुकमा आउन सक्ने खाद्य संकटलाई अन्त्य गर्न ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।रासस
Comments
अरु समाचार
-
तोलामा रु सात सयले बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन...
-
अर्थमन्त्री पुनको अमेरिका भ्रमणः माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
काठमाडाैँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको...
-
नेपालका लागि ग्रिन हाइड्रोजन ‘गेम चेन्जर’ हुन सक्छः कुलमान घिसिङ
काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालका लागि ग्रिन हाइड्रोजन 'गेम चेन्जर' हुन सक्ने बताएका छन्। बुधबार...
-
ग्लोबल आइएमई बैंकको उच्चशिक्षा कार्यक्रमः भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक...
-
भी–२० बैठकमा मन्त्री पुनले भनेः जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ
काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका...
-
राष्ट्र बैंकले आजका लागि तोक्यो विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ९३...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
नेप्से परिसूचक आज पनि ओरालो लाग्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से...