ताजा समाचार

अनुसन्धान विधि विषयक गोष्ठी सम्पन्न

काठमाडौँ । अनुसन्धान विधि विषयक एकदिने गोष्ठी सम्पन्न भएको छ । पशुपति बहुमुखी क्याम्पस, नेपाली विभागले शनिबार राजधानीमा गरेको गोष्ठीमा अनुसन्धान विधिको विषयमा चर्चा गरियो ।

उक्त गोष्ठीमा प्राध्यापकहरूले अनुसन्धान विधिको विभिन्न शीर्षमा कार्यपत्र प्रस्तुत गरे । पद्यमकन्या बहुमुखी क्याम्पसका सहप्राध्यापक डा.शैलेन्दुप्रकाश नेपाल, पशुपति बहुमुखी क्याम्पसका डा. विष्णुकुमार खत्री, हरिहर चापागाईं, छन्दविदोद दाहाल, माधव ढुङ्गेल र रमेश शुभेच्छुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

गोष्ठीमा पशुपति बहुमुखी क्याम्पस नेपाली स्नातकोत्तर तह वार्षिक प्रणाली दोस्रो वर्षका विद्यार्थी, सत्र प्रणालीअन्तर्ग पहिलो र दोस्रो सत्रका विद्यार्थी तथा अनुसन्धानमा जिज्ञासा राख्नेहरूको बाक्लो उपस्थिति रहेको थियो ।

काठमाडौँको पूर्वी क्षेत्रको शैक्षिक विषयलाई पशुपति बहुमुखी क्याम्पसले नेतृत्व गरेको अवस्थामा क्याम्पसले निरन्तर रूपमा अनुसन्धानात्मक कार्यक्रमहरू गर्दे आएको विभागीय प्रमुख डा.विष्णुकुमार खत्रीले जानकारी दिए । उनले भने, ‘‘निरन्तर अनुसन्धान सम्बन्धी कार्यक्रम गर्दे आएका छौँ । पठनपाठनलाई अनुसन्धानमुखी बनाउने र पशुपति क्याम्पसलाई अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने मुख्य लक्ष्य हाम्रो छ ।’’

यस गोष्ठीबाट अध्ययनपत्र लेख्न, कार्यपत्र बनाउन, शोधकार्य गर्न र अनुसन्धानात्मक लेख लेख्न सहयोग पुग्ने विद्यार्थी चन्दैहाङ्ग राईले जानकारी दिए ।

 

तस्बिर हेर्नुहोस्

शब्द/तस्बिर : रमेश दवाडी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org