ताजा समाचार

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा नेपालको उपस्थिति फितलो, कमजाेरी कस कसकाे ?

स्पेन । राजधानी म्याड्रिडमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन मेलामा नेपालले जनाएको सहभागिता फितलो देखिएको छ ।

बुधबार शरु भएको मेलामा नेपाल एसोसिएन अफ टुर एण्ड ट्राभल्स एजेन्सी (नाटा) तथा नेपाल पर्यटन बोर्डको आयोजनामा नेपालसहित एक सय ६५ राष्ट्रले आआफ्नो पर्यटन प्रवर्द्धनका लागि कला संस्कृति भेषभूषामा स्टल राखेर पर्यटक आकर्षित गर्ने प्रयास गरेका छन् ।

विश्व समुदायम नेपाल चिनाउन विभिन्न एघार कम्पनीसँगको सहकार्यमा स्टल राखिएको पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले बताए ।

म्याड्रिडमा बस्द आएका रामकृष्ण पुडासैनी पर्यटन बोर्डले हरेक वर्ष नेपाल चिनाउन ठूलो रकम खर्च गरे पनि गौतम बुद्धको जन्मस्थल लुम्बिनी चिनाउने स्टलमा तस्बिरसमेत नभएको गुनासो गर्छन् ।

एनआरएनए स्पेनका क्षेत्रीय सचिव जीवन प्रसाईले भने, ‘नेपालको पर्यटन प्रवर्द्धनका लागि म्याड्रिडमा रहेका नेपालीले नेपाली कला संस्कृति युरोपमा चिनाउन मनोरञ्जनात्मक कार्यक्रमसहित विभिन्न गतिविधि सञ्चालन गरेको बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org