ताजा समाचार

अन्याेलमा परेका सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री अाेलीले काठमाडाैं बाेलाए

काठमाडाैं, ६ चैत । प्रधानमन्त्री केपी शर्मा अाेलीले सातै प्रदेशका मुख्यमन्त्रीहरु र  प्रमुख सचिवसहितलाई काठमाडौं बोलाएका छन् ।

प्रदेश सरकारहरु अा-अाफ्नाे प्रदेशमा कसरी काम गर्ने  भन्ने विषयमा नै अलमल परेपछि मुख्यमन्त्रीहरु र प्रमुख सचिवसलाई  प्रधानमन्त्रीले काठमाडौंमा  बाेलाएका हुन् ।

प्रधानमन्त्री अाेलीले प्रदेशका मन्त्रीहरुसँग बुधवार सामुहिक  छलफल गरी प्रदेशमा काम गर्नका लागि आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

अाफूहरुकाे कामनै नभएकाे भन्दै प्रदेश सरकारका मन्त्रीहरु काठमाडौं अाईरहेका छन्  । प्रदेश सरकारले  के कस्ता  कानुन  अपनाउनुपर्ने  हाे भन्ने बारेमा अलमलमा परिरहेकाे समयमा अब  बुधवार हुने बैठककाे  छलफलमा   प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई पनि सहभागी गराउने तयारी गरिएकाे   प्रधानमन्त्री कार्यालयका अधिकारीले बताएका छन् ।

छलफलमा  प्रधानमन्त्री अाेलीले  प्रदेश सरकार सन्चालनमा अाएका  समस्या, पूर्वाधार विकासहरुको अवस्था लगायतका विषयमा जानकारी लिनेछन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org