ताजा समाचार

अरबिन्द केजरीवालका २० साँसद धाेती न टाेपी हुँदै, राष्ट्रपतिले जोगाउलान त साँसदको पद ?

नयाँदिल्ली । निर्वाचन आयोगले २० सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ ।

उनीहरु सबै भारतमा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद हुन् । ‘निर्वाचन आयोगले २० सांसदका विरुद्धमा कारबाहीका लागि सिफारिस गरेको छ, उनीहरु सबै दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले संसद सचिवालयमा नियुक्त गरेका सांसद हुन्,’ स्रोतले भन्यो ।

प्राप्त सूचना अनुसार सन् २०१५ पछि पार्टी शक्तिमा आएपछि नियुक्त भएका उनीहरुलाई कारबाहीका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष सिफारिस गरिएको छ ।

दिल्ली संसदका ती २० सदस्यमाथि कारबाही भएर सांसद पद खारेज भए आम आदमी पार्टीको सरकारलाई चुनौती हुनेछ । दिल्ली संसदका ७० सांसदमध्ये आम आद्मी पार्टीका मात्रै ६५ सांसद छन् ।

अयोग्यताका कारण कारबाहीमा परेर सांसद पद खाली भएमा उनीहरुको ठाँउमा ६ महिना भित्रमा निर्वाचन मार्फत् पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org