ताजा समाचार

अल्ट्रा धाविका राईलाई सरकारले ३० लाख नगदसहित सम्मान गर्ने

 

काठमाडौं । सरकारले अल्ट्रा धाविका मीरा राईलाई ३० लाख रुपैयाँ सहित सम्मान गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको हो ।

राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि सरकारले तीन लाख रुपैयाँसहित सम्मान गर्ने योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिए ।

राई नेसनल जोग्राफी टेलिभिजनले सार्वजनिक गरेको वर्ष साहसिक व्यक्ति हुन् ।

भोजपुरकी राई तात्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्वमा सहभागी थिईन् ।

अनमिनको प्रमाणिकरणमा नपरेपछि राईले खेल जीवनलाई नै निरन्तरता दिएकी थिईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org