ताजा समाचार

आइसीसी विश्वकप छनोटको अन्तिम खेलमा नेपाल भोलि हङकङसँग खेल्दै

काठमाडौं,२७ फागुन। आइसीसी विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले भोलि हङकङसँग खेल्दैछ ।

हङकङविरुद्ध उत्रँदा नेपालसामू सुपर सिक्समा पुग्नभन्दा पनि एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्ने पर्ने दबाव हुनेछ ।

सुपर सिक्सको अंकगणित

विश्वकप छनोटमा लगातार तीन खेल हारेको नेपालले अंकविहीन हुँदै समूह ‘बी’को पुछारमा छ । यो समूहबाट स्कटल्याण्ड र जिम्बाब्वे अघिल्लो चरण पुगिसकेका छन् ।

समान २(२ अंक भए पनि नेट रनरेटका आधारमा अफगानिस्तान तेस्रो र हङकङ चौथो स्थानमा छ ।

यदि नेपालले भोलि हङकङलाई हरायो भने अफगानिस्तान सुपर सिक्समा पुग्ने सम्भावना प्रबल हुन्छ । नेपाल आफैं सुपर सिक्समा पुग्न चमत्कारिक खेल देखाउनुपर्छ ।

क्रिकइन्फोका पिटर डेला पेनाका अनुसार नेपालले पहिले ब्याटिङ गरेको अवस्थामा ३०० रन बनाएर हङकङलाई १५० मा समेट्नुपर्छ । पहिले फिल्डिङ गरेको अवस्थामा हङकङलाई १५० रनमा अलआउट गरेर ४ ओभरमा लक्ष्य पुरा गर्नुपर्छ ।

नेपाली टिमको अहिलेको र्फमलाई हेर्दा यो एक प्रकारले असम्भव जस्तै छ ।

ओडीआई स्टाटसको हिसाव किताब

तर, एकदिवसीय मान्यता पाउन तथा घटुवा हुनबाट बच्न पनि नेपालले भोलि हङकङलाई हराउनुपर्छ ।

विश्वकप छनोट खेलिरहेका १० मध्ये जिम्बाब्वे, वेस्टइण्डिज, अफगानिस्तान र आयरल्याण्ड आईसीसीका पूर्णकालीन सदस्य हुन् भने नेदरल्याण्डले विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको छ र २०२२ सम्म एकदिवसीय मान्यता पाएको छ ।

आईसीसीकाअनुसार बाँकी ५ टिम एसोसिएट टिमध्ये तीनले एकदिवसीय मान्यता पाउनेछन् ।

स्कटल्याण्डले समूह बीबाट सुपरसिक्समा स्थानसँगै ओडीआई स्टाटस पक्का गरेको छ । भोलि नेपाललाई हरायो भने हङकङ पनि सुपरसिक्समा पुग्छ र ओडीआई स्टाटस पाउँछ । तर, हङकङलाई हरायो भने अफगानिस्तान सुपर सिक्समा पुग्छ र त्यसपछि खेलाइने प्ले अफले ओडीआई स्टाटस पाउने टोलीको टुंगो लाग्नेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org