ताजा समाचार

आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु

काठमाडौं । बाँकेमा आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । बाँकेको डुडवा गाउँपालिकास्थित कुडवामा आइतबार राति १२ बजे सुरु भएको आगलागीमा मुन्सीराम मुराउका तीन छोराछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । थापाका अनुसार मुन्सीरामका १० वर्षे छोरी सोनी, ८ वर्षीया राधा मुराउ र ६ वर्षीय पवन मुराउको जलेर घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा स्थानीयका ६ वटा घर र दुइटा गोठ जलेर खरानी भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org