ताजा समाचार

आमालाई सम्झेर केदार पनेरुले लेखे यस्तो कविता, पढेर नरुनुहोला


वन पाखा धायौ आमा मेलापात नी तिम्रै,
चुलोचौका सेवा सुसार शिक्षा दीक्षा तिम्रै ।
लालानपालन ओखती र तातो–न्यानो तिम्रो,
हाम्रै लागि गाँस काट्यौ कष्ट जीवन तिम्रै ।

हाम्रा खुट्टा लागेदेखि तिम्रा शक्ति खसे,
आफ्ना भन्नेहरू जति जोर जाम गर्न बसे ।
कोही सोद्धा हुन्नन् आमा के खायौ र आज,
आँखावाट आँसु झर्दा को पुस्छन् र आज ।

 

आमा तिम्रो दूधको भार कैले नसकिने,
नौ महिना मैना बोक्यौ मलाई कैल्यै नविर्सने ।
लोक लाज टार्न आज झोला पोका बोक्छन्,
हिसावकिताव हेरीकन लाज गाल टार्छन् ।

यो धरती र तिम्रा बीच छैन कतै भेद,
जति दुःख पर्दा पनि सहृदयी भै तेज ।
तिम्रा काखमा हुर्किएँ म आँसु झार्ने छैन,
यो धर्तिमा बाँचुन्जेल माया मार्ने छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org