ताजा समाचार

इँट्टा उद्योगका कामदारमाथि गोली प्रहार

  राैतहट, ६ चैत । रौतहटको कटहरिया नगरपालिका-८ मा रहेकाे एक  इँट्टा उद्योगमा काम गर्ने  कामदारमाथि सोमवार राति अज्ञात व्यक्तिले गोली प्रहार गरेकाे छ ।

 नेम इँट्टा उद्योगमा काम गर्दै अाएका गरुडा नगरपालिका-५  निवासी  ५० वर्षीय कामदार राम असिष यादवमाथि सुतिरहेको बेला राति साढे ११ बजे गोली प्रहार भएको हो ।

उनकाे  ढाडमा गोली लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  गोली लागेर गम्भीर घाइते भएका यादवलाई गरुडामा सामान्य उपचार गरेपछी  थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा नेम इँट्टा उद्योगमै काम गर्ने एक कामदारलाई पक्राउ गरि थप अनुसन्धान थालेकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org