उत्तर कोरियासँगको वार्तामा महत्वपूर्ण सहमति हुनसक्छः राष्ट्रपति ट्रम्प
वासिङ्टन, २८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भन्नुभएको छ ।
उहाँले भन्नुभयो– “सो वार्ता सकारात्मक छ र उत्तरले आश्वासन दिएबमोजिम सो वार्तामा महत्वपूर्ण उपलब्धि पनि हुने सम्भावना अत्यधिक रहेको छ । ”
राष्ट्रपति ट्रम्पले आइतबार सो धारणा राख्नुभएको हो । उहाँले उत्तर कोरियाली नेता किम जङ उनले आगामी दिनमा अणुअस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको कारण आफूले वार्तामा बस्न सहमति जनाएको पनि बताउनुभयो ।
उहाँले उत्तर कोरियासँगको वार्ताका लागि आफू उत्साही रहेको शनिबार मात्र बताउनुभएको थियो । उहाँले शनिबार यस वार्तालाई विश्वले नै बडो चासोका साथ हेर्ने पनि दाबी गर्नुभएको थियो ।
यही वार्ताकै लागि आफूले जापान र दक्षिण कोरियाका नेताहरुसँग पनि कुराकानी गरेको र उनीहरुको पनि समर्थन र सहयोग रहेको खुलासा उहाँले गर्नुभएको थियो ।
मलाई उत्तर कोरियाले अणुअस्त्रको परीक्षण रोक्ने आश्वासन दिएका छन् र उनीहरुले आगामी दिनमा गर्ने सम्भावना पनि छैन, त्यसैले मलाई यो वार्ताप्रति उत्साह जागेको छ– उहाँले भन्नुभयो ।
समाचारमा आएअनुसार उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको छ ।
वार्तामा बस्ने उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गर्नुभएको पनि बताइएको छ ।
वार्ताको तयारी पुगेको छैन– क्लिन्टन
यसैबीच अमेरिकी डिमोक्र्याटिक पार्टीकी नेत्री तथा पूर्वअमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले उत्तर कोरियासँग गर्ने भनेको वार्ताका लागि आवश्यक तयारी नै नगरेको बताउनुभएको छ ।
उहँले उत्तर कोरियासँगको वार्ता त्यति सहज नरहेको भन्दै वार्ता गर्दाको संवेदनशीलता ट्रम्प प्रशासनले अहिलेसम्म पनि नबुझेको आफूले पाएको बताउनुभएको एक समाचारमा जनाइएको छ ।
यस संवेदनशील वार्तालाई सघाउनका लागि गर्नुपर्ने कूटनीतिक तयारी ट्रम्प प्रशानसले गर्न सक्नेमा आफू विश्वस्त नरहेको उहाँको भनाई थियो ।
पूर्व विदेशमन्त्री क्लिन्टनले एक पत्रिकालाई दिनुभएको अन्तर्वार्तामा भन्नुभएको छ– किम जङ उनसँग आणविक हतियारका विषयमा वार्ता गर्नुपूर्व धरै कुरामा विचार गर्नुपर्छ र त्यस वार्ताको सम्वेदनशीलता बमोजिम तयारी पनि गर्नुपर्छ ।
अमेरिकी नेत्री क्लिन्टनले ट्रम्प प्रशासनले विदेश मन्त्रालयलाई पछिल्लो समय आएर कमजोर बनाएको आरोप लगाउँदै अहिलेकै अवस्थामा उत्तर कोरियासँगको वार्ता सफल हुनेमा आफू विश्वस्त नरहेको बताउनुभएको थियो ।
अमेरिकाका वरिष्ठ कूटनीतिज्ञहरुको व्यापक तयारी बिना वार्तामा बस्न पनि सम्भव छैन र यो वार्ताको सम्वेदनशीलता र खतरालाई ट्रम्प सरकारले बुझेको जस्तो मलाई लाग्दैन– उहाँले भन्नुभएको छ ।
तयार गरेरमात्र वार्ता हुन्छ– स्याण्डर्स्
उता राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना प्रवक्ताले वासिङ्टनले उत्तर कोरियाका आगामी दिनका कदमहरू हेरेर र व्यापक तयारी गरेरमात्र उसँग वार्ता हुने बताउनुभएको छ ।
प्रवक्ता सेराह स्यान्डर्सले उत्तर कोरियाका आगामी दिनका कारबाहीहरु नहेर्दासम्म राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच वार्ताको हतार नगरिने स्पष्ट गर्नुभएको हो ।
उहाँले भन्नुभयो–“वार्तामा खासमा उत्तर कोरियालाई परमाणुअस्त्रको होडबाट निशस्त्रीकरणसम्म पु¥याउने एक महत्वपूर्ण कमद हुनुपर्छ र त्यस कार्यका लागि ट्रम्प प्रशासनले व्यापक मात्रामा तयारी गर्नेछ ।”
गएको बिहीबार अमेरिकाको भ्रमण पुगेका दक्षिण कोरियाली एकजना दूतले दुई नेताबीचको वार्ता आउँदो मे महिनामा हुने बताएका थिए ।
तर सो वार्ता कहाँ र कुन मितिमा हुने भन्ने बारेमा भने निश्चित भएको छैन । यस वार्तालाई संसारका मिडियाले पनि बडो रोचक रुपमा पछ््याइरहेका बताइन्छ ।(रासस÷एएफपी)
Comments
अरु समाचार
-
कतारको हमाद एयरपोर्ट संसारकै सर्वोत्कृष्ट विमानस्थल
एजेन्सि। कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट सन् २०२४ का निम्ति विश्वकै सबैभन्दा उत्कृष्ट एयरपोर्टको सूचीमा परेको छ । यो सूचीमा...
-
सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल सेमिफाइनलमा
काठमाडौँ। साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। इतिहाद स्टेडियममा बुधबार सम्पन्न...
-
भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता
काठमाडौं । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन्...
-
सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सर्न सक्छ–इम्यानुएल म्याक्रोन
काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सार्न सकिने सोमबार...
-
ईरानी आक्रमणपछि इजराइलले गाजामाथि थप दबाब बनाउने
काठमाडौं । ईरानले आक्रमण गरेपछि इजराइले गाजामाथि थप दबाब बनाउने बताएको छ। इजराइली सेनाले ईरानको आक्रमणपछि आफू युद्धबाट विचलित नहुने...
-
अमेरिकी राष्ट्रपति वाइडेको दबाबपछि इरान–इजरायल युद्ध तत्कालका लागि रोकियो
जेरुसलाम । शनिवार राति इरानले इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वका देशमा फैलन सक्ने सम्भावित ठूलो युद्ध तत्कालका लागि रोकिने सम्भावना...
-
इरानद्वारा इजरेलमा आक्रमण, राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्दै
काठमाडौं । इरानले इजरेलमा आक्रमण सुरु गरे सँगै राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने भएको छ । गएराती इरानले दर्जनौ...
-
टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुनाफा ६० प्रतिशतले बढ्यो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको छ । चिनियाँ इन्टरनेट कम्पनी...
-
अष्ट्रेलियामा बाढीका कारण सामान्य जनजीवन प्रभावित
काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्समा व्यापक बर्षपछि आइतबार आएको बाढीका कारण सयौँ व्यक्ति प्रभावित भएका छन् । उत्तरपूर्वी सिड्नीमा...