ताजा समाचार

 उदितनारायणका छोरा आदित्य पक्राउ

एजेन्सी, मुम्बई । चर्चित गायक उदित नारायण झाका छोरा आदित्य नारायणलाई मुम्बमा प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ। उनले चलाई रहेको गाडीले एक रिक्सालाई ठक्कर दिएपछि प्रहरीले पक्राउ गरेको हो। मुम्बईको अन्धेरीमा आदित्यले चलाइरहेको गाडीले उक्त रिक्सालाई ठक्कर दिएको हिन्दुस्तान टाइम्सले प्रहरीलाई उद्धृत गर्दै लेखेको छ।

उनी विरूद्ध प्रहरीले इन्डियन पेनल कोडको ३३८ तथा २७९ आइपिसी अन्तरगत केस दर्ता गरेको छ। पछिल्लो पटक उनी विमानस्थलका कर्मचारीसँग विवाद गरिरहेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org