ताजा समाचार

एकताको बिपक्षमा रहेका तीन नेता निष्कासित

माओवादी केन्द्रले पार्टी एकताप्रति असहमति जनाउँदै आएका तीन नेतालाई निष्कासन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास ललितपुरको खुमलटारमा बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले नेताहरु लोकेन्द्र विष्टमगर, गोपाल किराती र विश्वभक्त दुलाललाई निष्कासन गर्ने निर्णय गरेको हो ।

नेता वर्षमान पुनले पार्टीनिर्णय विपरीत गतिविधि गर्ने र एकताको विरोधमा रहेका विष्टमगर, किराती र दुलाल पार्टीमा नरहेको घोषणा बैठकले गरेको जानकारी दिनुभयो । एमालेसँग एकता गर्ने घोषणादेखि नै उनीहरु असन्तुष्ट थिए । माओवादी एमालेसँग विलय हुन लागेको आरोप समेत लगाइरहेका ती नेताहरुले यही फागुन १ गतेको ’जनयुद्ध’ दिवस पनि मोहन वैद्य र नेत्रविक्रम चन्दको पार्टीले आयोजना कार्यक्रममा मनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org