ताजा समाचार

एकताले सून्दर बनाएको गाउँ

सुर्खेत । पश्चिम सुर्खेतको प्रस्तावित बराहा गाँउपालिका–८ (पहिला कुनाथरी ५ गाविस) बेलचौर गाउँको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाउँ ‘खुसीयाली गाउँ’को रुपमा चिनीदै आएको छ ।

५६ घरधुरी रहेको उक्त गाउँको जनसंख्या २५९ छ । १४७ जना पुरुष र ११२ जना महिलाको संख्या छ । पुरुष भारतमा मजदुरी गर्न जान्छन् । मजदुरीबाट कमाएको पैसाले घरपरिवारको छाक टादै आएका छन् । महिला घरको काम गर्छन् । गाउँमा पुरुष कोही नभएपछि महिलाले नै खेतवारीको काम गर्नेदेखि घर निर्माणसम्मको काम गर्दै आएका छन् ।

कुनाथरी वडा नं ५ बेलचौर निवासी ५९ वर्षका दुर्गासिंह सिजाली मगरले युवा गाउँमा नभएपछि घर निमार्ण कार्य लगायत अन्य काममा समाजका एकअर्का सदस्यबीच सहकार्य गरेर काम गर्दै आएको वताईन ।  मैले घर बनाउन तयारी गरें । आफ्नो घर बनाउँदा कसैलाई पनि पैसा दिने काम गरिन । समाजमा घर निर्माण गर्ने कार्यमा एकलेअर्कालाई सहयोग गर्ने कार्यको थिती बसेको सिजाली मगरले बताईन् ।

त्यस्तै सोही वडाका नरबहादुर गुरुङले घर निमार्ण सुरु गरेको २ महिनामै पुरा भयो । आफू एक्लै घर निर्माण गर्न नसक्ने बताउँदै उनले समुदायमा एकले अर्कालाई सहयोग गरेर बनाउँदा घर सहज हुने वताए ।  घर बनाउनका लागि निकै गाह्रो छ । गुरुङले भने,‘खोलाबाट ढुंगा ल्याउनुपर्छ । ट्याक्टरलाई पैसा दिनुपर्छ । र, त्यसपछि सडक सञ्जालको अवस्थता राम्रो नभएका कारण बीचबाटोबाट गाउँका स्थानीय वासिन्दाहरुले बोक्छन् । यहाँका मानिसहरु मिलनसार छन् उनले भने ।’
सो गाउँमा एकअर्काको घर बनाउन प्रत्येक घरबाट महिला तथा पुरुषको सहभागिता हुन्छ । महिलाले ढुंगा बोक्छन् भने पुरुषले काठ चिरानमा सहयोग गर्छन् त कसैले मिस्त्री काममा सहयोग गर्ने चलन छ ।  त्यस्तै काठको काम गर्ने गणेश सारु मगरले यो पाखुरा साटासाट गर्ने परम्परा भएको बताए । यो बस्तीका बासिन्दाहरुलाई सजिलो भएको छ । उनले भने, ‘हामी घरमा थोरैसंख्या भएको परिवारलाई सजिलो भएको छ । हामी एक आपसमा सहकार्य गछौं ।’

यस्तो कार्यको सुरुवाद दुर्गासिंह सारु मगरले गरे । अहिले घर निमार्णमा गाउँका स्थानीय बासिन्दाहरुको सहयोगबाट बन्दै आएको उनले बताए । कुनाथरी वडा नं ५ बेलचौरलाई आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानका सहित स्थानीय महिला–पुरुषहरुको संयुक्त सहकार्यले बेलचौर खुसीयाली गाउँका अवधारण बसालेका छन् ।

बेलचौरकी स्थानीय महिला डिला सारु मगरले सुरुमा  नामक ‘किर्डाक नेपाल’ संस्था बेलचौरमा आएपछि हामीलाई सबैले सहकार्य गर्नु पर्ने समुदायमा छलफल गर्नु वातावरण सिर्जना गरेको उनले बताइन । उनी भन्छिन्, ‘अहिले गाउँका सबै महिलाहरु लागेर आफ्नै गाँउमा अभियान चलाएका छौ । जाँडरक्सीको अन्त्य गरेको छौ । पुरुष पनि महिलासँग सहकार्य गरि काममा सहयोग पु¥याएका छन् ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org