ताजा समाचार

एनआइसी एसियाको नाफा ५० % ले बढेर एक अर्ब १३ करोड पुग्यो


काठमाडौ । एनआईसी एसिया बैंकले चैत मसान्तसम्मको मुनाफा ५० प्रतिशतले बढाएर एक अर्ब १३ करोड रुपैयाँ उच्च बनाएको छ ।। अघिल्लो वर्षको चैतसम्ममा भने बैकले ७५ करोड ९५ लाख रुपैयाँ मुनाफा गरेको थियो।

चुक्ता पूँजी ६ अर्ब ३५ करोड रहेको कम्पनीको रिटर्न अन इक्विटी करिव १९ प्रतिशत छ। ३।५३ प्रतिशतको ब्याज स्प्रेडमा काम गरेको बैकको प्रति सेयर आम्दानी २६ रुपैयाँ छ।

बैंकको खुद ब्याज आम्दानी मात्रै एक खर्ब ८४ करोड रुपैयाँ गरेको छ। गत बर्ष यस्तो आम्दानी एक अर्ब ३७ करोड रुपैयाँ थियो। बैंकसँग सर्वसाधारणको निक्षेप ७९ अर्ब ६ करोड रुपैयाँ छ। एक बर्षमा निक्षेप १५ अर्ब रुपैयाँले बढेको छ।

बैंकले ५२ अर्ब ४९ करोडको ऋणलाई ६७ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ। बैंकले डुबेको ऋणमध्ये करिव ४० करोड रुपैयाँ उठाएका कारण पनि नाफामा निक्कै सुधार आएको हो।

बैंकको खराव कर्जा पनि घटेको छ। १।११ प्रतिशत रहेको खराब कर्जा ०।४६ प्रतिशतमा आएको हो। बैंकको पूँजी कोष अनुपात १३।६९ प्रतिशत छ। चुक्ता पूँजी ६ अर्ब ३५ करोड रहेको कम्पनीको रिटर्न अन इक्विटी करिव १९ प्रतिशत छ। ३।५३ प्रतिशतको ब्याज स्प्रेडमा काम गरेको बैकको प्रति सेयर आम्दानी २६ रुपैयाँ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org