ताजा समाचार

एनआईसी एशिया बैंकको विवाद मिल्यो

काठमाडौं,२९ फागुन। एनआईसी एशिया बैंकले व्याजदर बढाएसँगै रुष्ठ भएको नेपाल बैंकर्स एशोसिएसन अन्तत :राष्ट्र बैंकको मध्यस्थतामा मिलेको छ ।

एनआईसी एशिया बैंकले अन्य बैंकको जस्तो व्याज कायम गर्ने सहमति गरेपछि दुवै पक्षवीच सहमति भएको हो ।

एनआईसी एशिया बैंकले अब अरु बैंकहरुको जस्तै बचतमा ८ प्रतिशत र मुद्दतीमा अधिकतम १० प्रतिशतमात्र ब्याज दिने छ ।

सहमति भएअनुसार बैंकले सूचना जारी गर्ने र शुक्रबारबाट सहमति लागू गरिने एनआईसी एशिया बैंकले जनाएको छ ।

एनआईसी एशियाले मुद्दती निक्षेपमा १२ र बचतमा १० प्रतिशत व्याजदर प्रस्ताव गरेसँगै बैंकर्स संघमा आबद्ध अन्य बैंकहरुले अन्तर बैंक कारोबार रोक्ने भन्दै कारवाहीमा उत्रिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org