ताजा समाचार

एनसीसी बैंकको केन्द्रीय कार्यालयमा सीआईबीले छापा मार्यो

काठमाडौं,२ चैत। नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड एनसीसी बैंकको को केन्द्रीय कार्यालयमा शुक्रबार बोर्ड बैठक भइरहेको बेला केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।

बैंक मर्ज हुँदा २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले छापा मारेको हो ।

यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।

सीआईबीले छापा मारेर एनसीसी बैंकका १४ जना भन्दा धेरै अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org