ताजा समाचार

एपेक्स बैंक घोटाला प्रकरणमाएक एक सय ४८ जनाविरुद्ध मुद्दा दायर

 

 

काठमाडौं,६ जेष्ठ । एपेक्स डेभलोप्मेन्ट बैंकमा भएको घोटाला प्रकरणमा एक सय ४८ जनाविरुद्ध मुद्दा दायर भएको छ । तत्कालिन एपेक्स डेभलोप्मेन्ट बैंकमा डेढ अर्ब रुपैयाँ घोटला भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।

एनसीसी बैंकसँग मर्जर भएपछि तत्कालिन समितिले करिब दुई अर्ब रुपैयाँ घोटाला गरेको सीआईबीको अनुसन्धानले देखाएको थियो ।
एपेक्स डेभलपमेन्ट बैंकका दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org