ताजा समाचार

एसएसपी दिनेश अमात्यले सिंहझै गर्जिएर भने–’गुण्डाविरुद्ध प्रहरी आक्रामक हुन्छ’

 

काठमाडौं । राजधानीमा सक्रिय गुण्डा र ठगीमा संलग्नबिरुद्ध प्रहरी आक्रामक रुपमा प्रस्तुत हुने भएको छ ।

गत माघ अन्तिम साता महानगरीय अपराध महाशाखाको कमाण्ड सम्हालेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेश अमात्यले जुनसुकै अवस्थामा पनि गुण्डागर्दी, आर्थिक ठगी,अपराधिक कृयाकलाप र साइबर क्राइमबिरुद्ध कडा रुपमा प्रस्तुत हुने उद्घोष गरेका छन् ।
बुधबार न्युज–नेपालसँग कुरा गर्दै एसएसपी अमात्यले भने, ‘म पाखुरा देखाएर होस् या विवेक प्रयोग गरेर होस्, गुण्डागर्दीलाई निमिट्यान्न बनाउन सक्रिय हुनेछु ।’ उनले आफू ३ वटा काममा सक्रिय रहने भन्दै गुण्डागर्दीका माध्यमबाट हुने असुली, आर्थिक अपराधदेखि साइबरक्राइमका माद्यमबाट भइरहेका महिला हिंसा रोक्न २४ घण्टा नै सक्रिय रहने प्रतिवद्धता जनाएका छन् ।

अपराध महाशाखाको कमाण्ड सम्हालेका यसअघिका एसएसपी सर्वेन्द्र खनालले फुटबलमा भएको म्याचफिक्सिङमा संलग्नलाई खोरमा थुनेका थिए भने डन कुमार घैटेलाई इन्काउण्टरमा मारेका थिए ।
एसएसपी अमात्यले पनि खनालकै सिको गर्ने छनक देखाएका छन् । गुण्डागर्दी, आर्थिक अपराध र साइबरक्राइम राजधानीमा बढ्दो छ । त्यसलाई रोक्न सकेमा एसएसपी अमात्य अपराध महाशाखामा सफल हुने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org