ओखलढुंगामा खुला पुरुष भलिबल प्रतियोगिता हुने
काठमाडौं । यही चैत १५ गतेदेखि ओखलढुंगाको गाम्नाङटारमा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद पर्यटनको विकासका लागि दी युथ पावर नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं लगायत विभिन्न जिल्लाका १३ टोलीको सहभागिता रहने दी युथ पावर नेपालका खेलकुद संयोजक विजय बस्नेतले जानकारी दिए ।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् । यस्तै तेस्रो हुने टोलीले ३३ हजार तीन सय ३३ रुपैयाँ र सान्त्वना हुने टोलीले ११ हजार एक सय ११ रुपैयाँ हात पार्नेछ । यस्तै उत्कृष्ट खेलाडीले पाँच हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर र डिफेन्सलाई नगद एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने आयोजकले जानकारी दियो ।
प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि गाउँमै होम स्टेको आयोजना गरिएको र उनीहरुले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्ने संयोजक बस्नेतले पत्रकार सम्मेलनका जानकारी दिए । प्रतियोगिता गाम्नाङटार सेवा समाजको सहकार्यमा आयोजना हुन लागेको हो ।
Comments
अरु समाचार
-
काश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
काठमाडौं । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका...
-
‘सूर्य नेपाल काठमाडौं ओपन’ मंगलबारदेखि सुरु हुँदै, राम्रो स्कोर निस्किने अपेक्षा
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३\२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि सुरु हुने भएको छ। रोयल...
-
बेलिङह्याम चम्किँदा एल क्लासिकोमा रियल विजयी
काठमाडाैं । एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२...
-
आईपीएलमा आज दुई खेल, गएराति हैदराबादले दिल्लीलाई हरायो
काण्ठमाण्डौ। इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई सय...
-
एसीसी प्रिमियर कपः नेपालले आज तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा...
-
एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको...
-
आईपिएल: पञ्जाब किंग्सलाइ मुम्बई इन्डियन्सले ९ रनले हरायो
काठमाडौं। पञ्जाब किंग्समाथि मुम्बई इन्डियन्सले ९ रनको जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति टस हारेर सुरुमा ब्याटिङको...
-
सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल सेमिफाइनलमा
काठमाडौँ। साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। इतिहाद स्टेडियममा बुधबार सम्पन्न...
-
साउदी अरेबियालाई छ विकेटले पराजित गर्दै नेपाल सेमिफाइलन प्रवेश
काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ...