ताजा समाचार

ओली र प्रचण्डबीच वान टू वान वार्ताः संयोजन समितिको बैठक बस्ने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ ।

शुक्रबार ओलीलाई भेट्न प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । दुई नेताबीच झण्डै ३ घन्टा छलफल भएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

दुई अध्यक्षले राष्ट्रियसभा गठनबारे कार्यदललाई दिएको प्रतिवेदनमा छलफल गरेको बताईएको छ । प्रतिवेदनमाथि आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिन सकिने सहमति भएको प्रेस संयोजक अधिकारीले जानकारी दिए ।

प्रदेश सरकार गठन र पार्टी एकताबारे पनि छलफल भएको छ । पार्टी एकताका बिषयमा आम जनमानसमा फैलाईएका भ्रमलाई चिर्दै एकतालाई मजबुद र मूर्तरुप दिन छलफल भएको छ । एकतालाई अन्तिम रुप दिन शनिबार दुई अध्यक्षबीच कुराकानी हुने र माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको अधिकारीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org