ताजा समाचार

कंगोमा फेरि इबोला संक्रमण फैलियो

काठमाडौं, ३० बैशाख । अफ्रिकी देश कंगोमा इबोला भाइरसको संक्रमण फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कंगोमा इबोलाको प्रकोप फैलिएको घोषणा गरेको हो । कंगोको उत्तरपूर्वी क्षेत्रमा इबोलाका कारण १ जनाको ज्यान गएको पुष्टि भएको बिबिसीले जनाएको छ । ९ जनामा इबोलाको संक्रमण भएको हुनसक्ने आशंका गरिएकोमा तीन जनाको ज्यान गएको र त्यसमध्ये एकजनामा इबोला पुष्टि भएको डब्लुएचओले जनाएको छ ।

मध्य अफ्रिकी गणतन्त्र (कार) सँगको सीमा क्षेत्रमा इबोला संक्रमण भेटिएको र त्यहाँ मानिसहरु बिरामी पर्न थालेका स्वास्थ्यकर्मीले बताएका छन् । ग्रामीण बस्ती र कम जनसंख्या भएकाले संक्रमणदर नियन्त्रण गर्न र रोकथाम गर्न भने सहज हुने डब्लुएचओले जनाएको छ ।
त्यहाँ सन् २०१४ मा अन्तिम पटक इबोलाको संक्रमण फैलिएको थियो । सन् २०१४/१५ मा पश्चिम अफ्रिकी देशमा फैलिएको इबोलाका कारण ११ हजार मानिसको ज्यान गएको थियो । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org