ताजा समाचार

कडकनाथ प्रजातिको कुखुराको विषयमा दुई राज्यबीच विवाद

 

मासुको लागि एकदमै उत्कृष्ट स्वादका लागि चर्चित कडकनाथ प्रजातिको कुखुराको विषयलाई लिएर दुई राज्यबीच विवाद बढेकाे छ ।

मध्यप्रदेश प्रान्तले उक्त कुखुराको उत्पत्ति  झाबुआ जिल्लामा भएको हाे भनी दाबी गरेकाे  तर छत्तिसगढले भने कडकनाथ कुखुराको प्रजातिको उत्पत्ति छत्तिसगढको दन्नेवाँडा जिल्लामा भएको दाबी गर्दै अाएपछी  दुई राज्य वीच  विवाद बढेकाे हाे ।

उक्त प्रजातिको भौगोलिक संकेत नम्बरका  विषयमा दुवै राज्यले आ-आफ्नो दाबी पेश गरेका छन् । दुवैले उक्त कुखुराको प्रजातिको भौगोलिक ट्रेडमार्क आफ्नो भएको भन्दै  पञ्जीकरण कार्यालयमा निवेदन दिएका छन् ।

याे कुखुराकाे मासुमा अाइरन र प्रोटिनको  मात्रा बढी पाईने र  कोलेस्ट्रोल भने कम मात्रामा हुने  विज्ञहरुले बताएका छन् । त्यसैले कडकनाथ प्रजातिको कुखुराको मासु महंगो मूल्यमा बिक्ने गरेको छ । याे  कुखुराको रगतको रंग पनि कालो  हुन्छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org