ताजा समाचार

कमल थापा ‘बोक्सी कि धामी’ ?

बोक्सी पनि आफैँ, धामी पनि आफैँ भन्ने नेपाली उखान यतिबेला कमल थापामा लागू भएको छ । राजनीतिमा लागेदेखि नै राजाको पाउ मोल्दै–मोल्दै यो क्षेत्रमा यहाँसम्म आइपुगेका थापा राजा आफैं जोगी भएपछि बिस्तारै दरबारबाट बाहिर आए । तर,भोलि फेरि कतै राजतन्त्र फर्किहाल्छ कि भन्ने आशा यिनमा हटेको छैन त्यही आशामा यिनले राजतन्त्रको वकालत गर्न पनि छोडेका छैनन् । र, परिआए गणतन्त्रात्मक नेपालको विभिन्न कालखण्डमा सरकारमा पनि लाज पचाएर सहभागी भइरहेका छन् । राजतन्त्र र गणतन्त्र पटक्कै मिल्न नसक्ने कुरा हुन् तर दुवैको पक्षमा समान तरिकाले उभिदै आएका थापा राजनीति भित्रको गभारो हुन् । आफैँ सरकारमा बसेर आफैँ सडकमा कार्यकर्ता उतार्दै आन्दोलन गर्न जाने यिनको पछिल्लो हविगत देखेर यिनीमाथि केही प्रश्न ते¥र्याउन  मन लाग्यो।

१. यो सरकारमा सहभागी हुनुको मुख्य उद्देश्य के हो ?
२. मन्त्री खान पाए संविधान संशोधनको पक्षमा भोट हाल्ने नपाएर विपक्षमा भोट हाल्ने यो नीति वर्तमान समस्याको गाँठो फुकाउनको लागि अपनाएको कि आफ्नो भुँडि मात्रै भर्न ?
३. संसदमा चौँथो ठूलो दलको प्रमुख भइसकेपछि पहिले भन्दा अलि गम्भीर भएर समस्या समाधानमा सहज भूमिका खेल्न पर्छ कि पर्दैन ?
४. राजतन्त्र र गणतन्त्र/लोकतन्त्र यी परस्पर बिरोधी तत्वलाई किन एकैसाथ अँगालो हालेर हिँडेको ?
५. राजाले दरबार त्याग्न लाग्दा उनलाई दरबार नछोड हामी साथ दिन्छौँ भनेर राजसंस्था जोगाउन किन नसकेको ?
६. राजाले नै जनताको खुसी आफ्नो  पनि खुसी   हो भन्दा पनि तिमीलाई जनताको खुसी  किन सैह्य नभएको ?
७. राजसंस्थाको यति माया भएको व्यक्तिले पुरानो राप्रपासँग पार्टी एकता गर्नुको सट्टा ज्ञानेन्द्रसँग मिलेर नयाँ पार्टी खोल्न किन नसकेको ?
८. यदि राजतन्त्र र हिन्दु राज्य नै मान्ने हो भने मन्त्री पदबाट राजिनामा दिएर निर्वाचन आयोग घेर्न गएको भए के हुन्थ्यो ?
९. उप–प्रधानमन्त्री जस्तो पदमा बसेर आफैँ निर्वाचन आयोगमा घेरा हाल्न जान अलिकति पनि लाज लागेन ?
१०. निर्वाचनमा सहभागी हुन्छौँ भन्ने अनि त्यही निर्वाचन आयोगको ढोकामा गएर लम्पसार पर्ने यो कहाँबाट सिकेको राष्ट्रबाद हो ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org