ताजा समाचार

कविता : नयाँ वर्ष

ए मेरो नयाँ वर्ष
तिमी हरेक साल
नयाँ क्यालेण्डरका
पाता बोकेर आउँदा,
सबैको मनमा
नयाँ विचार
बोकेर आऊ ।

जनता भोक प्यासले
आकुलव्याकुल
तर, तिम्रा पानापानामा
प्यास मेटिएका तस्बिर !
देश छियाछिया,
आमा घुंक्कघुंक्क,
जनहरू रैतीसरी
हाहाकारमा
जताततै लोभ मात्र ।

तानातान कचिङ्गलमा
विधि हराएको हेर
सपना कमाउने र रमाउने
बनाउने कता गए ?

फुङ्ग रह्यो जताततै
रंग पनि कताकता,
नयाँ साल आऊ तिमी
उमंगले जतातता ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org