ताजा समाचार

कविता : पिछलग्गु

 

मान्छेहरूले पढेर रामायण
कसैले बनाए आफूलाई हनुमान
कसैले सुग्रिव
कसैले विभुषण
कसैले बनाए अधिकार त्याग्ने सीता
कसैले पनि चिनेनन् आफैँभित्रको ‘राम’
न त जान्नै खोजे उनको पहिचान
सबैले बनाए आफूलाई आसैआसको जिन्दगीको मालाले सजाएर
रामको मुखुण्डो भिरी
हैकम चलाउने
रावणको पिछलग्गु ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org