ताजा समाचार

कविता : के सम्बोधन गरौ ?

अखबारको पहिलो पृष्ठमा
छापिएको थियो उनको
तस्विर सहितको
आत्महत्याको खवर 
उनी…अर्थात् मेरी पूर्वप्रेमिका ।

किन उनले गरिन्
आफ्नै हत्या आफैँले ?
स्वविवेकले ।

खबर अनुसार
बन्द कोठाको टेबलमाथि
सजिएको थियो रे,
उनले मलाई नै
अन्तिमपटक सम्बोधन गरेर
लेखिएको प्रेम पत्र
चिटिक्क परेको खामभित्र ।

जहाँ लेखिएको रहेछ
खै के भनेर
सम्बोधन गरौँ
तिमीलाई…।

प्रेमी भनेर लेखौ
तिमी अर्कैको भइसक्यौ ।
सजिएर बेहुुुलाको भेषमा
सुहागरात पनि मनाउँदै होलाऊ ।

तर, म तिमीलाई प्रिय नै
भनेर सम्बोधन गर्छु ।
यो अन्तिम ढुकढुकीले
किन थाहा छ ?
के तिमीजान्न चाहन्छौ ?

कुनै समय थियो
म तिमीलाई प्रेम गर्थे
तिमी मलाई
म अहिले पनि उस्तै प्रेम गर्छु
तिमीलाई
तर, तिमीतिमी रहेनौ
अर्कैको भइसक्यौ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org