ताजा समाचार

कविता : मखमली ! तिमी फुल्नुपर्छ

मखमली भन्दै थिइन
म यो पाली फुल्न बिर्सिदिन्छु
ताकी मलाई फुलेको देखेर
भाईलार्इ तिम्रो याद नआओस् ।
सयपत्री र सुपारी फूलसँगै
तिमीले मालामा उनेर
भार्इको गलामा पहि¥याउन पाउँदिनौ त
म फुल्नुको के अर्थ भयो र !

ओखरमा सबै बाधाहररूलाई फोरेर
कहिले नमर्ने दुबो झै
अजर–अमर रहनु भनेर
तेलको घेरो लगाएर
जीवन सधै रंगिन होस् भनि
सप्तरङ्गी टीका निधारमा
लगाउने तिहार तिमिलाई आएन ।

साथीसङ्गी भेला भएर
टोल–टोलमा देउसी र भैलो खेल्ने
तिम्रा दिनहरू कहाँ गए खै ?
तिमीले सन्देशका दुत कागलाई पुज्नुपर्दैन ?
तिमीलाई यमका दुत कुकुरलाई पुज्नु पर्दैन ?
खै तिमीले गाईलाई पुजेको ?
अनि खै लक्ष्मी पूजा गरेको ?
अनि खै पालामा दियो बालेको ?

 

रातको घडीमा
मखमली मसँग रुँदै–कराउँदै
गुनासो गर्दैगर्दा सपनाबाट
यथार्थमा आइपुग्दा पो नयनहरू ओभाना
कसरी रहन्थे र ?

वित्रानले प्रमाणित गरेको छ
तिमी सजिब हौ हामीजस्तै ।
र, तिमीले पनि आभास गर्छौ
दुःख–सुख, मिलन–बिछोडको ।
यदि तिमीले मेरा आवाजहररूलार्इ
स्वीकार गछौ भने
चाहान्न म मेरो सपना झुक्किएर
कहीँकतै सत्यतामा ढलोस् ।

मखमली ! तिमिलाई थाहा छ
कयौँ दिदीबहिनीले आफ्ना
दाजुभार्इलार्इ सिउरीदिन
तिमीलाई सारेर मलजल गरेका छन् ।
र, दार्इभार्इ आउने बाटो हेरेर बसेका छन् ।
त्यसैले सबैको आशालार्इ
निरुत्साहित नबनाई
मखमली ! तिमीले तिहारमा फुल्नुपर्छ ।

 

यो पनि पढ्नुहोस् ।

 

http://news-nepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf-%e0%a4%b8%e0%a4%82/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org