ताजा समाचार

कस्तो छ बलिउड कलाकारको बानी ?

मुम्बइ  । बलिउड कलाकारको शैली आ–आफ्नै खालको छ । क्यामराको सामुन्ने पर्दा कोही हाँसेरै टार्छन् त कोही रिसाउन पनि बेर मान्दैनन् । अफेयर र सम्बन्ध बिग्रेका जस्ता प्रश्न लगभग सबै कलाकारले भोगेका छन् ।त्यस्ता प्रश्नको जवाफ दिनु उचित मान्दैनन् धेरै कलाकार । हाँसेरै टारिदिन्छन् । कोही कलाकार यस्ता पनि छन् मदिरा पिएरै क्यामेरा अगाडि उभिन्छन् । हेरौं, कसको स्वभाव कस्तो रहेछ : सलमान खानको स्वभाव अचम्मको छ । कहिले मिडियाकर्मीसँग हाँसेर कुरा गर्छन् त कहिले आँखा पनि तर्छन् । कतिपय अवस्थामा रमाइलो पनि गर्छन् । यतिसम्म कि विवाह वा अदालतका बारेमा कसैले प्रश्न सोध्यो भने उठेर हिँड्न बेर मान्दैनन् ।

प्रायः उनी मञ्चमा उपस्थित हुँदा ग्रिन टी वा डाइड कोकको साथमा हुन्छन् । केही वर्षपहिला उनले बियर पिउँदै अन्तरवार्तासमेत दिएका थिए । त्यस्तो अन्तर्वार्तामा उनले क्यामरा प्रयोग गर्न दिँदैनथे ।

आमिर खान, शाहरुख खान र प्रियंका चोपडाको बानी लगभग उस्तै छ । उनीहरू मिडियासँग लामो कुरा गर्छन् । कुरा गरेर मिडियामा आएको कुरालाई उनीहरू मिडियाले ‘मिसकोड’ ग¥यो भन्न पनि पछि पर्दैनन् ।

आफूले बोलेको कुरा गडबडी भएको थाहा पाइन् भने प्रियंका हाँसेर सम्हालिहाल्छिन् । अन्तरवार्ता दिने क्रममा शाहरुख र प्रियंकाको साथमा कफीको मग हुन्छ । अन्तरवार्ताका क्रममा आमिर चिया पिउँछन् ।

अक्षय कुमार असाध्यै सीमित बोल्छन् । उनी प्रायः बिहानको कार्यक्रममा मात्रै सहभागी हुन्छन् । बोल्दाखेरि विवाद नहोस् भन्नेमा सचेत छन् अक्षय । कतिपय प्रश्नको जवाफ नदिएरै टार्छन् । उनी अन्तर्वार्ताका समयमा प्रायः जुस पिउँछन् । दीपिका पादुकोण, रणवीर कपुर र आलिया भट्ट सामाजिक सञ्जालमा सक्रिय भए पनि सार्वजनिक कार्यक्रममा मिडियासँग धेरै बोल्दैनन् ।

ब्रेकअप वा अफेयरका बारेमा सोधिएको प्रश्नमा हाँसेरै टार्ने स्वभाव उनीहरूको रहेको छ । यी कलाकारलाई मिडियाले बढी नै प्रेसर दिन थाल्यो भने सहयोगीमार्फत उनीहरू कार्यक्रम टुंग्याउनेतिर लाग्छन् ।

अमिताभ बच्चन सबै भन्दा सचेत कलाकारका रूपमा चिनिन्छन् । उनले बोलेको कुरा प्रायः विवादको विषय बन्दैन । राजनीतिक होस् या फिल्मी प्रसंग होस्, उनी हरेक प्रसंगमा सटीक टिप्पणी गर्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org