ताजा समाचार

काँग्रेस सांसदको बैठक शनिबार

काठमाडौँ । नेपाली काँग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक आगामी शनिबार बस्नेभएको छ । बैठक सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए ।
यसैबीच, नेपाली काँग्रेसले बिहीबार बस्ने भनेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको पनि पौडेलले जानकारी दिए । उनका अनुसार बैठक अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org