ताजा समाचार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा को-को छन् ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बनाएको छ ।  आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले तीनजना पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको मर्यादाक्रम अनुसार २२ जनालाई कार्यसम्पादन समितिमा मनोनयन गर्ने प्रस्ताव पारित गरेको नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार २५ सदस्यीय कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, रामशरण महत, अर्जुननरसिंह केसी छन् ।

त्यस्तै, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, फरमुल्लाह मन्सुर र मानबहादुर विश्वकर्मा रहेका छन् ।

केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र बनाउन केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा समसामयिक विषय, निर्वाचनको तयारी, संविधान संशोधन र पार्टी सञ्चालनबारे छलफल भइरहेको कांग्रेसले जनाएको छ । लामो समयपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाले ९ बुँदे एजेण्डा पेस गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org