ताजा समाचार

काठमाडौं भित्र अब नक्साविपरित घर बनाए कारबाही, नयाँ बन्ने घरमा इन्जिनियर खटाइने


काठमाडौँ, ९ वैशाख । काठमाडौं महानगरपालिकाले नक्सा विपरीत नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी राखन थालेको छ ।
महानगरमा नक्सा पास गर्ने तर नक्साअनुरुप भवन निमार्ण नगर्ने पाइएको भेटिए पछि महानगरले आफ्ना इन्जिनियरलाई हरेक दिन निर्माणस्थलमा निगरानीकालागि खटाएका छन् ।

अहिले नक्सा पास विपरीत निर्माण र तला थप्नेजस्ता काम भइरहेकाले सो कार्य रोक्ने उद्देश्यसहित अभियान सुरु गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । । यो भन्दा पहिले भवन निर्माण गरिसकेपछि मात्र उक्त स्थानको निरीक्षण गर्ने गरेको थियो । अहिले अब निर्माण गर्न थालिएका सबै घर सम्पन्न नहुँदासम्म नक्सानुरुप निर्माण गराउनका लागि महानगरका इन्जिनियर निरन्तर रुपमा लागिरहेका छन् ।

हालसम्म काठमाडौं उपत्यकामा ८० प्रतिशत घर नक्सा विपरीत रहेको जानकारी काठमाडौँ महानगरपालिकाले जनाएको छ ।महानगरपालिकमा लगभग दैनिक १० घर बन्ने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org