ताजा समाचार

काठमाडौं महानगरमा विद्यासुन्दर शाक्य ९ हजारले अगाडी

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणना नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीसँगको दुरी बढाउँदै लगेका छन् । सुरुवातदेखि नै अग्रता लिएका शाक्यले सोमबार विहानसम्म आइपुग्दा झण्डै ९ हजारको अग्रता लिएका छन् ।

महानगरको ८८ हजार बढी मत गणना सकिएको छ । जसमा शाक्यले २९ हजार ३ सय ६८ मत पाएका छन् भने कांग्रेसका जोशीले २० हजार ३ सय ६८ हत पाएका छन् । तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना छिन् । उनले ११ हजार २ सय ५७ मत पाउँदा साझा पार्टीका किशोर थापाले ८ हजार ५ सय २३ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने कांग्रेस उम्मेदवार हरिप्रभा खड्कीले झण्डै १० हजारको अग्रता लिएकी छन् । उनले २६ हजार ४ सय १७ मत पाएकी छन् । दोस्रो स्थानमा राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठ छन् । उनले १६ हजार ८ सय २३ मत पाएका छन् । साझा पार्टीकी निरुपमा यादवले ५ हजार ४ सय ५० मत पाएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org