ताजा समाचार

कामकाे थालनि गरेसँगै कानुनमन्त्री तामाङले अाफ्नाे सम्पत्ति विवरण सार्वजनिक गरे

काठमाडौं, ५ चैत । कानुनमन्त्री शेरबहादुर तामाङले अाफ्नाे सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  उनले पत्रकार भेटघाट कार्यक्रममा आफ्नो सम्पत्तिविवरण सार्वजनिक गरेका छन् ।

अामजनताकाे जासाेकाे विषय बनेकाे  न्यायाधीशहरुको  सम्पत्ति विवरणा सार्वजनिक हुनुपर्ने कानुन  चाहिए  अब बनाईने समेत मन्त्री तामाङले बताए । ‘न्यायाधीशहरुको सम्पत्ति विवरण पेश गरिन्छ तर सार्वजनिक गरिदैन, अब जनताबीच सार्वजनिक गर्ने कानुन चाहिए हामी त्यो पनि बनाउछौं’ उनले भने ।

 मन्त्री तामाङले  पत्रकारभेटमा अाफ्नु  सम्पति  विवरण सार्वजनिक गरे ।  उनले आफुसँग ३० तोला सुन, ७० लाख ऋण, काठमाडौँको पुरानोवानेश्वरमा जग्गा र गोकर्णेश्वरमा घर भएको  सम्पत्ति विवरण देखाएका छन् ।त्यस्तै मन्त्री तामाङको नाममा सिन्धुपाल्चोकको सिन्धुकोटमा पाखोबारी र खेतहरु देखाइएको छ भने पत्नी उषाकलाको नाममा मोरङमा सात कित्ता जग्गा छ ।  उषाकलाकै नाममा खोटाङमा जग्गा  पनि छ ।

उनी त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकसमेत हुन् ।मन्त्री तामाङले  मुलुकमा  दलिय व्यवस्था भएका कारणले न्यायाधीशहरुपनि कुनै न कुनै दलसँग सम्बन्धीत हुने धारणा पनि उनले व्यक्त गरे। यदी त्यस्ताे छ भने  न्यायाधीशकाे पदमा बसेपछि  दलको सदस्यता त्याग्नुपर्ने र न्यायाधीश भएर काम गर्नुपर्ने समेत उनले  बताए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org