ताजा समाचार

क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार पुनः सुचारु !

काठमाडौं । नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार पुनः सुचारु भएको छ । नेपालमा अवैध तरिकाले बिटक्वाइन, अल्टक्वाइन, इथेरियमलगायतका भर्चुअल क्वाइनहरूको उत्पादन (माइनिङ) तथा कारोबार भइरहेको समाचार बाहिर ल्याएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

क्रिप्टोकरेन्सी कारोबार गर्ने र कारोबार सञ्चालन गर्ने ११ जनालाई पक्रिएपछि केही समय सेलाए पनि पुनः कारोबार सुचारु भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गरिए पनि कारोबारीहरूले लुकिछिपी नेटवर्किङमार्फत कारोबार गरिरहेको पाइएको छ ।नेपालमा प्रतिबन्धित भएपछि कारोबारीहरूले भारतीय सीमानजिक बसेर क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको सूचना पाएपछि प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत कुनै पनि क्रिप्टोकरेन्सीको कारोबार गर्नु गैरकानुनी रहेको सूचना निकालेको थियो । प्रहरीले सोही सूचनालाई आधार मानेर अनुसन्धान गर्दा बिटक्वाइन तथा ग्य्राभिटी क्वाइनको कारोबार गर्ने ७ जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो
प्रहरीले मुख्य कारोबारी ज्ञानप्रसाद (जिपी) पौडेल, प्रशान्तप्रताप शाह, माधव खनाल, बिन्दा ढकाल, मिङमार तामाङ, मिनीषकुमार गिरी र दमन बस्नेतलाई पक्राउ गरेको थियो । २५ दिन थुनामा बसेपछि ४२ लाख धरौटी तिरेर उनीहरू अदालतबाट तारेखमा रिहा भएका थिए । त्यसपछि प्रहरीले बिटसेवाका सञ्चालक कृष्णप्रसाद भुसाल र पुरुषोत्तमधर तुलाधरलाई पक्राउ गरेको थियो । बिटसेवाका सञ्चालकमध्ये राम ढकाल र अवित घिमिरे भने अझै पक्राउ परेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org