ताजा समाचार

गायिका रमिला न्यौपाने नयाँ गीत लिएर…

काठमाडौँ ५ वैशाख । गायिका रमिला न्यौपाने नयाँ गीत लिएर आएकी छिन् । शिव दर्शन फिल्मस् प्रा.लिको प्रस्तुतिमा पञ्चेबाजा गीत ‘मायाको घर छ’ शीर्षकको गीत सोमबार युट्युवमार्फत् सार्वजनिक गरिएको गायिका न्यौपानेले बताइन् ।

गीतमा उनले किशोर किशोरीका बेहुला बेहुली हुने प्रवल इच्छालाई व्यक्त गरेकी छिन् । उनकै शब्द रहेको गीतमा खुमन अधिकारीको लय रहेको छ । गीतमा न्यौपाने  र अधिकारीको सुमधुर स्वर रहेको छ ।

निर्देशन शंकर विसीको निर्देशनमा तयार भयको सो म्युजिक भिडियोको छायांकन दुर्गा पौडेल र सम्पादन नवीन घर्ती मगरको रहेको छ । युवराज अर्याल र रुविना अधिकारीले अभिनय गरेका छन् ।

वैशाख महिना बिहेको महिना भएकाले दर्शकले पञ्चेबाजाकै गीत मन पराउने गायिका न्यौपानेको भनाई छ । बिहे घरमा जसरी नै जीवन्तता दिन गीतको भिडियो सोही निर्माण गरिएको बताउँदै गायिका न्यौपानेले भनिन्, ‘भिडियो हेर्दा दर्शकलाई बिहे घरमै भएको जस्तो अनुभूति होस्’ ।

 

भिडियो हेर्नुहोस्

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org