ताजा समाचार

उप्रेतीले ल्याए नयाँ गीत (भिडियोसहित)

काठमाडौँ । भूपाल उप्रेती गीतकार बनेर नेपाली सांगीतिक आकाशमा उदाएका छन् । सानै उमेरदेखि गीत संगीतमा विशेष चासो राख्ने उप्रेतीलाई आफ्ना शब्द सिर्जना पनि गीतको रूपमा रेडियो, टेलिभिजनमा बजोस् भन्ने चाहना हुन्थ्यो । यस किसिमको उनको चाहना बल्ल पूरा भएको छ । उनले नयाँ वर्ष २०७५ को अवसर पारेर नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘नत भुलेर गयौ नत छोडेर गयौ’ भन्ने बोलको आधुनिक गीत सामाजिक सञ्जालमार्फत् शनिबार सार्वजनिक  गरेका हुन् । उनको गीतमा शृङ्गार र करुण  रसको संयोजन पाइन्छ ।शशीविक्रम थापाको संगीत रहेको उक्त गीतमा मनोजराजले स्वर दिएका छन् । अकास्टिक रेकडिङ्ग स्टुडियोले उप्रेतीका शब्द रेकर्ड गराएको हो । गीतबाट प्राप्त रकम श्री कालिस्थान माध्यामिक विद्यालयलाई सहयोगार्थ उपलब्ध गराउने उप्रेतीको भनाई छ ।

 

भिडियो हेर्नुहोस्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org