ताजा समाचार

गौतमको ‘मन प¥यो’ चर्चामा (भिडियोसहित)

काठमाडौं । गायक दिपेश गौतम रोजगारीका लागि बिदेश पनि पुगे । झण्डै एक वर्ष पनि त्यतै बिताए । बिदेशमा रमाउन सकेनन् र फर्किए स्वदेश । अनि निकाले ‘मन प¥यो’ गीति एल्बम ।
जुन अहिले चर्चामा छ । यसअघि नै ‘सजिलै हुन्छ माया’ एल्बम बजारमा ल्याइसकेका दिपेश यस पटक भने एकल गायनबाट एल्बममा आएका छन् । पहिलो एल्बममा उनले बिना भट्टराईका साथमा गाएका थिए ।  गीतको शब्द र संगीत मिन गुरुङको छ भने संगीत संयोजन दिनेश श्रेष्ठले गरेका छन् । मिसन घिमिरेको सम्पादन रहेको भिडियोमा केदार धितालको निर्देशन छ । कोरियोग्राफी रोहित बस्नेतको छ । अर्जुन तिवारीको छायाङ्कनमा बनेको एल्बम अहिले चर्चामा छ ।

 

हेर्नुहोस् भिडियो.

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org