ताजा समाचार

घोकन्ते होइन,अनुसन्धानपरक शिक्षा दिन्छौं : टीकाराम पुरी, प्रिन्सिपल एभरेष्ट हाइयर सेकेन्डरी बोर्डिङ स्कुल, विराटनगर

 

पूर्वाञ्चलकै उत्कृष्ट र देशकै टपटेन उत्कृष्ट उच्च माविमा पर्छ– विराटनगरस्थित एभरेष्ट हाइयर सेकेन्डरी बोर्डिङ स्कुल । २०५० सालमा स्थापना भएको यस स्कुलले छोटो समयमै हासिल गरेको सफलताका पछाडि यसका सञ्चालकको मिहिनेत र क्षमता मात्र होइन, शिक्षक, कर्मचारी र विद्यार्थीको सामूहिक हात छ । २०५७ सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सहभागी गराउँदै आएको यस विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याएर अभिभावकको मन जितिरहेको छ ।

२०६८ सालमा पूर्वाञ्चल फस्ट र नेपालकै सेकेन्ड भएर तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईबाट नगद १ लाख, शिल्ड र राष्ट्रिय झन्डा पुरस्कार प्राप्त गरेको यस विद्यालयले २०७० सालमा पनि पूर्वाञ्चल फस्ट भएर पुरस्कार प्राप्त गरेको थियो । एसएलसीमा निरन्तर उच्च नतिजा ल्याएकै कारण मेडिकल, इन्जिनियरिङ क्षेत्रमा यहाँबाट उत्तीर्ण विद्यार्थीले सहजै प्रवेश पाइरहेका छन् । २०७३ मा कक्षा ११ को परीक्षामा म्यानेजमेन्टकी छात्रा सुनिधि केसी ८७.०१ प्रतिशत अंक ल्याएर नेपाल प्रथम भइन् भने अनिश भण्डारी ८८.८ प्रतिशत ल्याएर पूर्वाञ्चल फस्ट हुन सफल भए । यसपालि १२४ जनाले एससिई परीक्षा दिएका छन् ।

यसरी निरन्तर उत्कृष्ट नतिजा ल्याउनुको खास कारण विद्यालयको पूर्वाधार, शिक्षकको छनोट, विद्यालयको शैक्षिक कार्यक्रम र शिक्षक कर्मचारीहरुको  उचित व्यवस्थापन नै प्रमुख रुपमा देखिन्छ । त्यसबाहेक अनुसन्धानमूलक शिक्षण र सिकाइ विधिले सफलता पाएको बताउनुहुन्छ, यस विद्यालयका प्रिन्सिपल टीकाराम पुरी ।  ‘यो भन्दा अझ राम्रो  ढंगले जान सकियोस् भनेर हामीले शिक्षकहरुलाई १२ महिना तालिमको कार्यक्रम चलाइरहेका छौं ।’ उनका अनुसार यो विद्यालय अहिले पूर्वाञ्चलको त उत्कृष्ट छँदैछ, नेपालकै १० उत्कृष्ट विद्यालयमा पर्छ । प्रस्तुत छः उहाँसँगको छोटो कुराकानी :

 

निजी विद्यालयहरुमा घोकन्ते शिक्षा छ, व्यावहारिक शिक्षा कम छ भन्ने आरोप छ नि ?

सत्य हो तर अहिले त्यस्तो छैन । पहिला जुन घोकाउने विधि थियो, त्यो हामीले परिवर्तन गरिसकेका छौं । अहिलेको समयमा खोज अनुसन्धानमूलक र प्रयोगात्मक शिक्षा आवश्यक छ । त्यसका लागि हामीले १२ रै महिना शिक्षकलाई तालिम दिइरहेका छांै । हामीकहाँ प्रविधिको अधिकतम प्रयोग गरेर क्लास चलाएको छ । साइन्स मात्र नभएर अन्य किसिमका ल्याब पनि छन् । विद्यार्थीको शिक्षालाई उनीहरुको व्यावहारिक शिक्षासँग जोड्न खोजेका छौं । हामीले स्रोत र साधनले भ्याएसम्म प्रयोगात्मक विधिद्धारा विद्यर्थीलाई पठनपाठन गराउनुपर्छ भन्नेमै ध्यान दिइरहेका छौं ।
विराटनगर पूर्वाञ्चल र १ नं प्रदेशकै शैक्षिक हब बन्न खोज्दैछ, त्यसमा एभरेष्ट स्कुलले के योगदान गरेको छ ?

एभरेष्ट स्कुलले भौतिक पूर्वाधार विकासदेखि नयाँ किसिमका उचित शिक्षण विधि, नयाँ प्रविधि र खासमा परियोजनामा आधारित शिक्षण विधि अपनाइरहेको छ । यो विधि नै अहिले विद्यार्थी र अभिभावकको रोजाइ बनेको छ । त्यसैले अन्य विद्यालयलाई पनि हामीले अपनाएका विधि अवलम्बन गर्न कर लाग्छ र सबैले विकास गर्दै जानेक्रममा एउटा प्रतिस्पर्धाको सुरुवात भएको छ । शैक्षिक हब बनाउन राम्रा विद्यालयले  भूमिका खेलेको हुन्छ नै । त्यसमा एभरेष्ट पनि पर्छ ।

२०७४ सालका लागि नयाँ भर्ना सुरु हुँदैछ । राम्रो विद्यालयको खोजीमा रहेका विद्यार्थीले के आधारमा यो स्कुल रोज्ने ?

अहिले हामीले तीन कुरामा ध्यान दिएका छौं । पहिलो, सकेसम्म प्रयोगात्मक विधिद्धारा पठनपाठन गराउने । दोस्रो, प्रयोगात्मक विधिद्धारा विद्यार्थीको सिर्जनात्मक कुरामा विकास गराउने । तेस्रो, नैतिक शिक्षाको माध्यमबाट। पठनपाठनसँगै हामी विद्यार्थीलाई नैतिक कुरा सिकाउँछौं ।

निजी विद्यालयहरुले धेरै शुल्क लिन्छन् भन्ने अभिभावकहरुको गुनासो छ । यस स्कुलमा शुल्कचाहिँ के कस्तो छ ?

हाम्रो विद्ययालय पठनपाठनका हिसाबले सबैभन्दा उत्कृष्ट भए पनि शुल्कको कुरामा चाहिँ तेस्रो÷चौथो नम्बरमा आउँछ । मध्यम वर्गका विद्यार्थी यस विद्यालयमा पढ्न सक्छन् ।

आगामी योजना के-के छन् त ?

प्रयोगात्मक हिसाबले अहिलेसम्म कक्षा १२ सम्म शिक्षा दिँदै आएका छौं । अब हाम्रो कार्यक्रम भनेको मन्टेसोरी–मास्टर्स हो । हामी क्रमशः स्नातकोत्तर लेबलमा पनि जान चाहन्छौँ । त्यो सँगसँगै सुविधासम्पन्न खेलमैदानको पनि खोजीमा छौं ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org