ताजा समाचार

चुनावमा भाग लिने नलिने बारे छलफल गर्न मधेशी मोर्चाको बैठक बस्दै

काठमाडौं, ८ जेठ । दोश्रो चरणको चुनावमा भाग लिने नलिने बारे टुंगो लगाउन संघीय गठबन्धनको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले जेठ ३१ गतेका लागि तोकिएको दोश्रो चरणको चुनावमा भाग लिने नलिने बारे टुंगो लगाउने राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले जानकारी दिए ।

अहिलेकै अवस्थामा चुनावमा भाग लिने अवस्था नरहेको भन्दै गठबन्धनका नेताहरुले आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्नेमा जोड दिंदै आएका छन् । तर संघीय समाजबादी फोरम र फोरम लोकतान्त्रिकले भने चुनावमा भाग लिने बताइसकेका छन् ।

नेकपा माओवादी केन्द्रको पनि अहिले हेडक्वाटरको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा चलिरहेको बैठकमा पहिलो चरणको मतपरिणामको समिक्षा र दोश्रो चरणको चुनावी रणनीतिबारे छलफल भइरहेको छ।

संविधान संशोधन लगायत पछिल्लो राजनीतिक अवस्थाबारे अरु दलहरुसँग भइरहेको छलफलबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिने नेताहरुले बताएका छन् । यस्तै सोमबार नै राप्रपाको कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org