ताजा समाचार

चेन्नाईविरुद्ध कोलकाता ६ विकेटले विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपरकिंग्सलाई कोलकाता नाइट राइडर्सले हराएकाे छ ।

६ विकेटले नाइट राइडर्सले चेन्नाई सुपरकिंग्सलाई  हराएकाे हाे ।

कोलकाताको घरेलु मैदानमा इडन गार्डेनमा भएको यो खेलमा टस हारेर पहिले व्याटिङ गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

१७८ रनको लक्ष्य पाएको कोलकाताले शुभमान गिल र दिनेश कार्तिकको उत्कृष्ट प्रदर्शनका कारण १७ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएर जित हासिल गर्‍यो ।

कोलकाताका लागि शुभमान गिलले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ५७ रन बनाए ।  कप्तान दिनेश कार्तिकले १८ बलमा ७ चौका र एक छक्काको सहायतामा नटआउट ४५ रन बनाए । सुनिल नरेनले पनि २० बलमा ३२ रन योगदा गरे जसमा चार चौका र दुई छक्का सामेल थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org