ताजा समाचार

झुठा आरोपमा गोविन्द पक्राउ

 

 

काठमाडाै‌,४ वैशाख ।  काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले तीन दिन अगाडि जेष्ठ २ गते ७२ वर्षीय वृद्ध गाविन्द सीपाललाई नर्भीक हस्पिटलको छेउबाट पक्राउ गरि हुन्डी कारोबार गरेको अभियोग लगाई राजश्व अनुसन्धान विभागमा बुझाएको थियाे ।

आर्थीक रुपमा सम्पन्न र  घर भाडामा लगाएर आम्दानी गर्दै आएका गोविन्दलाई अंश मुद्धाका विपक्षीको मिलेमतोमा महानगरिय प्रहरी महाशाखा काडमाडौंले माथिको आदेशमा पक्राउ गरेको भन्दै घरमा भएको पुराना तामा, चाँदीका सिक्का र दराजमा रहेको ११ लाख नगद समेत लगेको र सोही आधारमा विभागमा पेश गरेर गत जेष्ठ ३ गते ४८ लाख धरौटी बुझाइ गोविन्द हिरासत मुक्त भएका छन् ।

गोविन्द हुन्डीको कारोबारी व्यापारी नभएको बताइन्छ । प्रहरी प्रशासनले उनलाई पारिवारिक अंश मुद्धामा दबाव दिन शक्त्तिको दुरुपयोग गर्दै दुख दिएको पारिवारिक स्रोतले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org