ताजा समाचार

डिआईजी नवराज सिलवाल प्रधान कार्यालयमा बयान दिदै

 

काठमाडौं, ११ बैशाख । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई बयानका लागि प्रहरी प्रधान कार्यालयमा उपस्थित गराइएको छ ।

आईजिपीले बोलाएको बैठकमा उपस्थित नभएको, कागजात किर्ते गरेको लगायतका आरोपबारे बयानमा बोलाउँदा नगएपछि नियन्त्रणमा लिएर प्रधान कार्यालय उपस्थित गराइएको प्रहरी स्रोतले जनाएको छ ।

वरिष्ठ अधिवक्ता शम्भू थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला आज बिहान सिलवाललाई प्रहरीको छानविन समितिले नियन्त्रणमा लिएर वयानका लागी उपस्थित गराएको हो ।

छानविन समितिले अहिले बयान लिने कार्य गरिरहेको छ । अधिवक्ता थापासँग परामर्श लिइरहेको बेला डिआईजी विजय भट्ट नेतृत्वको टोलीले सिलवाललाइ नियन्त्रणमा लिएको थियो ।

सवोच्च अदालतमा परेको मुद्दामा कार्यसम्पादन मुल्यांकन सम्बन्धि फाइल किर्ते गरेको आरोप सिलवाललाई लगाइएको छ । प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले सिलवाललाई बयानका लागि बोलाइएको उपस्थित गराइएको जानकारी दिए ।

 

http://news-nepal.com/%E0%A4%A1%E0%A5%80%E0%A4%86%E0%A4%88%E0%A4%9C%E0%A5%80-%E0%A4%A8%E0%A4%B5%E0%A4%B0%E0%A4%BE%E0%A4%9C-%E0%A4%B8%E0%A4%BF%E0%A4%B2%E0%A4%B5%E0%A4%BE%E0%A4%B2%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%95/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org