ताजा समाचार

तत्काल मधेसी मोर्चाले सरकारको समर्थन फिर्ताका नगर्ने

काठमाडौं १५ फागुन। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ताका लागि हतार नगर्ने भएको छ । सरकारले आगामी वैशाख ३१ मा स्थानीय तहको चुनाव घोषणा गरे लगतै मधेसी मोर्चाले दबावमुलक आन्दोलन थालेको छ । र, मधेसी मोर्चासहितको संघीय गठवन्धनमा समर्थन फिर्ताबारे छलफल सुरु भएको छ । तर, संविधान संशोधन प्रक्रिया चलिरहेकाले तत्काल समर्थन फिर्ता नगर्ने मधेसी मोर्चाका एक नेताले बताए । ‘अहिले संशोधन प्रक्रिया चलिरहेको छ । यसलाई अलपत्र छाडेर भाग्न मिल्दैन’ उनले भने, ‘५र१० दिनमा यो प्रक्रिया टुंगिन्छ होला । त्यसैले हामीले हतार गर्नु हुँदैन ।’ आगामी रणनीतिबारे छलफल गर्न मधेसी मोर्चाको बैठक आइतबार दिउँसो १ बजे बोलाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org