ताजा समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा महाशिवरात्रीको तयारी

काठमाडौं । शिवरात्री पर्व नजिकिदै गर्दा देशभरका शिवालयहरू बेहुली झैं सिंगारिएका छन् । शिवरात्रीको छुट्टै धार्मिक तथा ऐतिहासिक महत्व छ । शिवरात्रीलाई लक्षित गरेर पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मान्दिरमा तयारी तीव्र बनाएको छ ।

पुनःनिर्माणका साथै मन्दिर रङरोकन गर्ने कार्य पनि जारी रहेको छ । भारत, श्रीलंका, इण्डोनेसिया लगायतका देशहरूबाट हिन्दू धर्मावलम्बीहरू पवित्र पशुपतिनाथ मन्दिरमा आउन थालिसकेका छन् । नागाबाबा, अघोरीबाबा, जटा बाबाहरूको उपस्थितिले शिवरात्रीको रौनकता बढेको छ ।

शिवरात्रीलाई हिन्दुहरूको महत्वपूर्ण पर्वको रूपमा लिइन्छ । यस दिन शिवको विशेष पूजाआराधान गर्ने गरिन्छ । शिवालयहरू भक्तजनहरूको भिड लाग्ने गर्दछ । शिवका भक्तजनहरूका लागि वर्षदिन भरिको मध्ये त्यस दिन विशेष हुने गर्दछ । सो कारण त्यस दिन घण्टै लाइनमा बसेर भए पनि शिवको दर्शन गर्दछन् । अन्य दिन पूजाआजा नगरे पनि शिव रात्रीका दिन पुजाअर्चना गरे सरह हुने धार्मिक विस्वास छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org