तीन लाखभन्दा बढी भूकम्पपीडित दोस्रो किस्ता पाउन योग्य
काठमाडौँ, ५ चैत । भूकम्पबाट प्रभावित तीन लाखभन्दा बढी लाभग्राही पहिलो किस्ताबाट जग पुनःनिर्माण गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वर्ष पुस मसान्तसम्म अनुदान सम्झौता गरी पहिलो किस्ता लिएकाले आगामी चैत मसान्तसम्म दोस्रो किस्ता लिइसक्नु पर्ने निर्णय गरेपछि पुनःनिर्माणले गति लिएको हो ।
शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा आइतबारसम्म प्राप्त तथ्यांकअनुसार दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या तीन लाख तीन हजार ५५५ पुगेको छ ।
पहिलो किस्ता लिई जग निर्माण गरेर दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीले रु एक लाख ५० हजार पाउँछन् । तीन लाख १४ हजार १२४ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
पहिलो किस्ता लिएर भूकम्प प्रतिरोधी मापदण्डअनुसार घरको जग राखेका लाभग्राहीले निवेदन दिएपछि प्राविधिकले पुनःनिर्माण शुरु भएको संरचनाको जाँच गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण गर्छन् ।
दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राही सिन्धुपाल्चोकमा सबैभन्दा धेरै छन् । त्यहाँका ५१ हजार नौजना भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ता पाउनेछन् । नुवाकोटका ४१ हजार ७९४, गोरखाका ३६ हजार ८६५, दोलखाका ३४ हजार २८, धादिङका ३१ हजार ९३७, काभ्रेपाल्चोकका २३ हजार ९४५ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका हुन्् ।
भूकम्प कम प्रभावित जिल्लाका लाभग्राही पनि दोस्रो किस्ताका लागि योग्य हुन थालेका छन् । आइतबारसम्म लमजुङका ५९२ र चितवनका १६५ लाभग्राहीको नाम दोस्रो किस्ताका लागि प्रमाणीकरण भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता यमलाल भुसाल अनुदान सम्झौता भएका छ लाख ९७ हजार ६३५ लाभग्राहीमध्ये ४३.५१ प्रतिशत लाभग्राहीले दोस्रो किस्ता पाउनु उल्लेखनीय प्रगति भएको बताउनुहुन्छ ।
“दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या जस्तै भूकम्प अतिप्रभावित १४ जिल्लामा निर्माणाधीन घरको संख्या तीन लाख ५८ हजार ६३७ छ, निर्माण सम्पन्न भएका घरको संख्या एक लाख १० हजार ४७२ पुगेको छ”, उहाँले भन्नुभयो ।
प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांकअनुसार सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ५७ हजार ३३ घर पुनःनिर्माण भइरहेका छन् । यो गतिलाई तीव्रता दिँदै वर्षाअगावै थप घरको निर्माणमा बढोत्तरी कायम गर्ने गरी प्राधिकरणले आवश्यक तयारी गरिरहेको प्रवक्ता भुसालले बताउनुभयो ।
भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापत रु एक लाख ५० हजार पाउँछन् । तेस्रो किस्तामा रु एक लाख पाउने कार्यविधि छ ।
उपत्यकामा पुनःनिर्माणलाई गति दिन निर्देशन
काठमाडाँै उपत्यकामा निजी आवास पुनःनिर्माणको गति सुस्त भइरहेका बेला तीव्रता दिन प्राधिकरणले माहतहतका निकायलाई निर्देशन दिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुखसहित काठमाडौँ, ललितपुर र भक्तपुरका शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, प्राधिकरणलगायत निकायका प्रमुखसँगको बैठकमा उपत्यकामा निजी आवास पुनःनिर्माणको गतिलाई तीव्रता दिने गरी काम गर्न निर्देशन दिनुभयो ।
पुनःनिर्माणमा आइपर्ने समस्यालाई फुकाउन प्राधिकरण तयार रहेको उल्लेख गर्दै उहाँले नतिजामुखी भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
सहुलियत ऋण प्रवाहमा भएको ढिलाइ र जग्गासम्बन्धी समस्याका कारण घर बनाउन नसकेको कार्यक्रममा अधिकांश सहभागीले जानकारी गराए ।
बैठकले सहुलियत ऋण र अनुदान वितरणमा बैंकले दिएको हैरानी र समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । पुनःनिर्माण लाभग्राहीबाट प्रवलीकरण लाभग्राहीमा सर्न चाहनेलाई आवश्यक जानकारी दिन प्रचारप्रसार कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।
संयुक्त पूर्जा भएका लाभग्राहीलाई बहु स्वामित्व र बहुतले भवन बनाउन प्रोत्साहन गर्न प्रचारप्रसारलाई व्यापक बनाउने निर्णयसमेत बैठकले गरेको छ । रासस
Comments
अरु समाचार
-
प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला ५००...
-
तोलामा रु दुई हजार सात सयले घट्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा...
-
लगानीमैत्री वातावरण बनाउन राजनीतिक सहमतिमा आधारमा अध्यादेश ल्याइएको होः अर्थमन्त्री पुन
काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा...
-
‘सूर्य नेपाल काठमाडौं ओपन’ मंगलबारदेखि सुरु हुँदै, राम्रो स्कोर निस्किने अपेक्षा
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३\२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि सुरु हुने भएको छ। रोयल...
-
नौ महिनामा पाँच अर्ब राजस्व सङ्कलन
काठमाडौं । कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा रु पाँच अर्ब ७३ करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ ।...
-
इजरायलमा पाँच महिनासम्म मर्मतमा राखिएको निगमको जहाज सोमबार काठमाडौँमा अवतरण हुँदै
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ।...
-
लगानी सम्मेलन राष्ट्रिय उत्सव हो, सबैको सहभागिता र भूमिका रहनुपर्छः प्रमुख कार्यकारी अधिकृत भट्ट
काठमाडौँ । सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारीका लागि अब एक हप्ता मात्रै बाँकी छ। आउँदो आइतबार...
-
तोलामा रु सात सयले बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन...
-
अर्थमन्त्री पुनको अमेरिका भ्रमणः माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
काठमाडाैँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको...