दुई हजार बढी बालबालिका विद्यालय बाहिर
तुलसीपुर (दाङ), १० वैशाख । दाङमा विद्यालय जाने उमेरका दुई हजार बढी बालबालिका विद्यालय बाहिर रहेका छन् ।
विद्यालय भर्ना अभियानका लागि राज्यले बर्सेनि लाखौँ रुपैयाँ खर्च गरे तापनि राज्यको यो अभियान खासै प्रभाकारी हुन नसक्दा हाल जिल्लामा दुई हजार २०८ जना विद्यालय जाने उमेरका पाँचदेखि १५ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर रहेका हुन् ।
जिल्ला शिक्षा कार्यालय, दाङका अधिकृत देवमणि चौधरीले हालै शिक्षा कार्यालय दाङले गरेको सर्वेक्षणमा गरिबीका कारण एक हजार ५२ जना, घरदेखि विद्यालय टाढा हुँदा एक हजार ६२ जना, भाषाको समस्याका कारण ३१ जना र अन्य कारणले गरी विद्यालय जाने उमेरका दुई हजार २०८ जना बालबालिका, विद्यालयको पहुँचभन्दा बाहिर रहेको जानकारी दिनुभयो ।
अभिभावकले आफूहरूलाई सधैँ मजदुरी गर्नुपर्ने, बालबालिकालाई आवश्यक पर्ने शैक्षिक सामग्री खरिद गर्न नसक्ने र घरायसी काम गर्नुपर्ने बाध्यता रहेको र त्यसको मुख्य कारण गरिबी रहेकोले आफूहरूले छोराछोरीलाई पठाउन नसकेको बताएका छन् ।
जिल्ला शिक्षा कार्यालय, दाङका अनुसार विद्यालय बाहिर रहेकालाई विद्यालयमा ल्याउन विभिन्न उपाय अपनाए तापनि सोअनुसारको उपलब्धि हासिल हुन सकेको छैन । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेका छन् ।
शिक्षा कार्यालयले दुई हजार बढी बालबालिका विद्यालयको पहुँच बाहिर रहेको जानकारी दिए पनि जिल्लामा त्यो सङ्ख्याभन्दा धेरै बालबालिका विद्यालयको पहुँच बाहिर रहेको आँकलन गर्न सकिन्छ । दुईवर्ष अगाडि दाङमा १३ हजार बालबालिका विद्यालयको पहुँच बाहिर रहेका थिए ।
जिल्लाको सुगम क्षेत्रभन्दा पनि दूरदराज, विकट क्षेत्र, सिमावर्ती क्षेत्रमा यस्ता बालबालिका बढी रहेका छन् । त्यसमा पनि जनजाति समुदायका धेरै बालबालिका विद्यालय बाहिर छन् । विद्यालयको नजिकमा रहेका बालबालिकालाई वैशाख १५ गतेसम्ममा भर्ना गरिसक्नुपर्ने व्यवस्था गरेर भर्ना अभियान सुरु गरिएको हो ।
विद्यालय बाहिर रहेका बालबालिकाको निःशुल्क रूपमा भर्ना, पाठ्यपुस्तक, शैक्षिक सामग्री तथा विद्यालय पोसाकलगायतका सामग्री पनि निःशुल्क रूपमा प्रदान गरिने शिक्षा कार्यालयको योजना रहेको बताइएको छ । रासस
Comments
अरु समाचार
-
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
काठमाडौं । नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई...
-
‘बोक्सीको घर’ प्रदर्शनमा
काठमाडौं । आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा मुख्य भूमिकामा उहाँ...
-
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
काठमाडौं । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करण वैशाख–१५ अर्थात् भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको...
-
चितुवाको आक्रमणबाट घाइते
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी...
-
धनुषामा नौ सय जनामा हात्तीपाइले रोग
काठमाडौं । धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
समाज परिवर्तन गर्ने अभियानमा जुटेका छौँ : पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताउनुभएको...
-
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
काठमाडौ । लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान सुरु गरेको छ । लाओ...
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
काठमाडौं । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।हात्तीपाइले रोगको जोखिम रहेका झापा,...