ताजा समाचार

नयाँ भारतीय राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने

काठमाडौं १२ चैत । नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिव सिंह शनिबार काठमाडौं आइपुगेका छन् ।

शनिवार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दूतावासले जानकारी दिएको छ ।

सोमबार नै राजदूत सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ । राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन् ।

निवर्तमान राजदूत रणजित रे कार्यकाल पूरा गरी दिल्ली फर्किएको करिब ३ सातापछि सिंह काठमाडौं आएका हुन् ।

काठमाडौँ आएका राजदूतलाई भारतीय दूतावासका कर्मचारीले विमानस्थलमा स्वागत गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org