ताजा समाचार

नरेन्द्र मोदीको हत्याका लागि विदेशबाट ५० करोड रुपैयाँ दिने प्रस्ताव

काठमाडौं, ८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याका लागि विदेशबाट ५० करोड रुपैयाँ दिने प्रस्ताव आएको रहस्य खुलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विदेशबाट फोन गरेर भारतको मध्यप्रदेशको सतना जिल्ला निवासी कुशल सोनीलाई मोदीको हत्या गर्न प्रस्ताव गरिएको हो ।

२५ मेका दिन मुम्बईमा आयोजना हुने एक कार्यक्रममा मोदी सहभागी हुने र सोही समय उनको हत्याका लागि ५० करोड रुपैयाँ इनाम दिने प्रस्ताव आएको बताइएको छ । कुशल सोनीको विस्तृत परिचय खुलाइएको छैन । तर उनले सुरुमा उक्त प्रस्तावलाई ठट्टाका रुपमा लिएको भए पनि पछि विषय गम्भीर लागेर प्रहरीलाई जानकारी गराएका थिए ।

उनले फोन कलको रेकर्डसमेत प्रहरीलाई बुझाएका छन् । उनलाई उक्त प्रस्ताव गर्ने व्यक्ति भारतीय नै भएको आशंका गरिएको छ । गुजराति भाषाको लयमा ती व्यक्तिले कुरा गरेका कारण विदेशमा बस्ने कुनै भारतीयले नै यस्तो प्रस्ताव गरेको अनुमान गरिएको हो । प्रहरीले साइबर सेललाई यस विषयमा थप छानविनका लागि परिचालन गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org